२। सहयोगीको महत्त्वाकांक्षा व्यवस्थापनमा पौडेललाई झमेला सुशीलको निधनपछि कार्यबाहक सभापति बने, तर संस्थापनका सबैले मान्ने नेता हुन सकेनन् । बरु, महाधिवेशनको मुखमा प्रकाशमान सिंह, कृष्ण सिटौला, सुजाता कोइरालाहरूले आफू नै संस्थापनको नेता भएको जिकिर गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरे । उनीहरूको महत्त्वाकांक्षा व्यवस्थापनमै पौडेलले अन्तिमसम्म मिहिनेत गर्नुपर्यो ।
३। देउवाले संस्थापनका नेता ताने, पौडेलले सकेनन् कार्यबाहक सभापति भइसकेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरूलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, लक्ष्मण घिमिरेदेखि फरमुल्लाह मन्सुरजस्ता नेताहरू देउवातिर लागेपछि पौडेल स्वतस् कमजोर भए ।
४। सिटौलाको उम्मेदवारी, मत र मनोविज्ञानको असर संस्थापन पक्षकै कृष्ण सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मको सचिवालय चलाएर कार्यकर्तासम्म पहुँच बनाएका र युवानेता गगन थापाले समेत विश्वास गरेका सिटौलाले यथेष्ट मात्रामा पौडेललाई क्षति पुर्याए । सिटौलाले प्राप्त गरेको मतले मात्र होइन, उनको उम्मेदवारीले सिर्जना गरेको मनोविज्ञानले पनि पौडेललाई क्षति पुर्यायो ।
५। देउवा समूह एकजुट, पौडेलले समूहमै महत्त्व पाएनन् देउवा समूहको पहिलो प्राथमिकता सभापतिमा देउवाको जित सुनिश्चित गर्नु थियो । सबै उम्मेदवारले सभापतिमा देउवाको प्रचार गर्दै आफ्ना लागि पनि मत मागे । तर, पौडेल समूहका नेताले सभापतिका लागि मत मागेनन्, आफ्ना लागि मात्र मागे । आफ्नै समूहका उम्मेदवारको पनि आस्था जुटाउन नसकेपछि उनी चुनावमा पछि परे ।
६। स्रोत र साधनमा पौडेल कमजोर, देउवा बलियो आमदिनहरूमा पनि स्रोत जुटाउने र वितरण गर्नेमा देउवा पहिलेदेखि नै अगाडि छन् । महाधिवेशनका वेला पनि उनले कार्यकर्तालाई खुसी बनाउन सके । तर, पौडेल स्रोत जम्मा गर्ने र वितरण गर्नेमा पनि कमजोर देखिए, नयाँ पत्रिकादैनिकमा खबर छ ।
No comments:
Post a Comment