/ , , , , , , / बलान खोलामा अन्तर्राष्ट्रियस्तरको महायज्ञ

बलान खोलामा अन्तर्राष्ट्रियस्तरको महायज्ञ


लहान १५ चैत । सिरहाको भगवानपुर कल्याणपुर छेउको बलान खोलामा अन्तर्राष्ट्रियस्तरको दश दिने श्री सीताराम नाम जप महायज्ञ १००८ कीर्तनकुञ्जको  आयोजना हुने भएको छ । 

विद्यार्थी बाबाको संयोजकत्वमा १ सय ५१ आयोजक समिति गठन गरि सो कार्यक्रम चैत्र ३० गतेदेखि बैशाख ९ गतेसम्म लाखौंको सहभागितामा हुने भएको छ । 
श्री श्री १००८ श्री शहस्र कुण्डी विष्णु महायज्ञ तथा श्री सीताराम नाम जप महायज्ञ १००८ कीर्तनकुञ्ज नाम दिएको यस कार्यक्रमका लागि भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका सांस्कृति झल्किने कार्यक्रम समेत गरिने भएको छ । 

सिरहा सप्तरीको बीच भागमा पर्ने बलान खोलाको टप्पुस्थल ५ किलो मिटरमा फैलिएको छ । उक्त स्थलमा १ हजार ८ किर्तन कुञ्ज श्री सीताराम जप, १ हजार ८ होमकुण्ड हवन, १ सय ११ भगवानको प्रतिमा पुजन, १ सय ८ रामायण पाठ, कथा प्रवचन, झांखी, लिला, मनोरंजनक सर्कसलगायतको कार्यक्रम रहेको विद्यार्थी बाबा बताउंछन् । 

उहां बाबाले यस कार्यक्रमको लागि ५ करोड खर्च लाग्ने भएकोले स्थानीय जनश्रमदान ,सरकारी गैरसरकारी तथा स्थानीयको आर्थिक सहयोगबाट संचालन गरिने बताउंछन् । 
यस कार्यक्रमबाट खर्च कटा गरी आएको रकमबाट अध्यात्मीक विज्ञान स्कूल निर्माण गर्ने, शिपमुलक कार्यक्रम, आनाथ आश्रम ,वृद्धा आश्रम, कन्या पाठ्शाला, चिडियाघरलगायत निर्माण गर्ने विद्यार्थी बाबा बताउंछन् । 
विश्व कल्याण—विश्व शान्ति र हिन्दु धर्मको उत्थानको लागि गर्न लागिएको सो कार्यक्रममा १७ हजार ४ सय २२ जप गर्ने, २ हजार १६ सय हवनकर्ता, १ सय ८ रामायण पाठक, एक हजार स्वंमसेवक रहने आयोजक समितिका सूर्यनारायण यादव बताउंछन् । 
दैनिक लाखौको ओहोरदोहोर हुने सो कार्यस्थलमा पांच सय शौचालय निर्माण, २ सय ५० हेन्डल पाईप, १२ सय वाटरफ्रुप घर ९राउटी०, एक हजार मण्डली घर, २ सय स्वंमसेवक घर निर्माण थालिएको छ ।


about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment