/ , , , , , / जनतान्त्रिक टाइगरका सैन्य प्रमुख पृथ्वी सिंह सहित दुई धनुषा प्रहरीको फन्दामा

जनतान्त्रिक टाइगरका सैन्य प्रमुख पृथ्वी सिंह सहित दुई धनुषा प्रहरीको फन्दामा

धनुषा, १२ चैत ।जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामक भूमिगत संगठनमा आबद्ध पृथ्वी सिंह भनिने कैलाश ठाकुर र कारी भनिने विनोद यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।गत माघ २२ गते धनुषाको बालाबाखरका राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको, २३ गते धनुषाको बिरेन्द्र बजारका नसिम राईनलाई गोली हानी घाईते बनाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस्तै पुस २८ गते उनीहरुले सिराहाको गोपाल पेट्रोलपम्पमा बक बिष्फोट गराएको पनि प्रहरीले जनाएको छ ।साथै ’जनतान्त्रक टाईगर जनशक्ति पार्टी’को नामबाट उद्योगपति, व्यवसायी तथा पेशाकर्मीबाट अवैध चन्दा असुली गर्ने, अपहरण र फिरौती माग गर्ने लगायतमा पनि उनीहरु संलग्न भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फागुन ९ गते तत्कालीन सैन्य प्रमुख अजय भनिने रामरिझन यादव पक्राउ परेपछि सैन्य प्रमुखको जिम्मेवारी पृथ्वी सिंहले सम्हाल्दै आएका थिए भने कारी भने उनका सहयोगोका रुपमा कार्यरत थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment