समग्र संदेश डट.कम.
सिरहा २५ फागुन । लागुऔषध विरुद्दको अभियान सिरहाको गोलबजार नगरपालिकाको बिभिन्न स्थानमा ईलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषध दुव्र्यसनीसम्बन्धि जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ । उक्त नाटकमा ईलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष निरौलासहितको प्रहरी टोली पात्रको रुपमा समेत सहभागी भएको थियो । जनचेतनामुलक उक्त नाटक हेर्न सर्वसधारणको घुइचो लागेको थियो । नाटक हेर्ने दर्शकहरुलाई गोलबजार प्रहरीले तयार पारेको लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतनामुलक हाते पुस्तिकासमेत वितरण गरिएको छ । दलित जनकल्याण युवा क्लव लहानको सहयोगमा ईलाका प्रहरी कार्यालय गोलबजारद्वारा नाटक प्रदर्शन गरिएको हो ।
नाटक हेर्न आएको एक यूवकले आफू लागुऔषध सेवन आजै देखी बन्द गर्ने र अब कहिल्यै सेवन नगर्ने प्रतिवद्धता समेत जनाए । लागुऔषध सेवन गर्नेलाई हुने कानुनी कार्वाहीको विषयमा पनि जानकारी गराइएकोले यस किसिमको प्रशिक्षणबाट युवाहरु लागुऔषधबाट टाढै बस्न सघाउने प्रहरीको विश्वास छ । सिरहाका अधिकांश युवा युबतीहरु लागुऔषध को कुलतमा फसेको प्रहरीले जनाएको छ । नेपाल भारतको खुला सीमा भएकाले सिरहाका युवाहरु भारतबाट विभिन्न किसिमको लागुऔषधको ओसारपसार र सेवनमा लाग्ने गरेका छन् ।
Home /
Apradh Khabar
,
Breaking
,
National
,
social
/
लागुऔषध कुलतबारे गोलबजार प्रहरीद्धारा सडक नाटक प्रर्दशनी
No comments:
Post a Comment