मधेसी मोर्चाले आन्दोलन सशक्त बनाउने, ०६२र६३ कै शैली पछ्याउने तयारी
काठमाडौं चैत्र ०३। मधेसी मोर्चाले आन्दोलन सशक्त बनाउने, ०६२र६३ कै शैली पछ्याउने तयारी काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।मोर्चामाआवद्ध ७ दलसहित १५ दलीय संघीय गठबन्धनको मंगलबार बसेको बैठकले चैत अन्तिम सातादेखि आन्दोलनलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको हो । संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकले आन्दोलनलाई २०६२र०६३ कै आन्दोलन जसरी अघि बढाउने निर्णय गरेको मधेसी मोर्चाका एक नेताले बताए ।
‘संयुक्त जनआन्दोलन’ नाम दिइएको सो आन्दोलन त्यस्तै स्वरुप र शैलीमा अघि बढाउने तयारी मोर्चाले गरेको छ । सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाएको मोर्चाको निष्कर्ष छ ।
त्यसअघि चैत ६ गते काठमाडौंमा कालोझण्डासिहत विरोध प्रदर्शन गर्ने र ६ गते माइतिघर मण्डलामा कालो झण्डासहित धर्ना बस्ने निर्णय बैठकले गरेको छ । ९ साझा पोष्टबाट
No comments:
Post a Comment