
धनुषा बालाबखर–४ बैरीया टोल स्थित सडकमा गत माघ २२ गते सोही ठाउँ बस्ने ५० बर्षीय राजेन्द्र प्रसाद यादबलाई उनीहरुले गोली प्रहार गरी हत्या गर्नुको साथै माघ २३ गते धनुषा गणेशमान चारनाथ नगरपालिका–४ स्थित वीरेन्द्र बजारमा ४५ बर्षीय नसिव मियाँ राईन र कमला नदीको पुलमा सिराहा बडहरामाल–३ बस्ने २५ बर्षीय राम सोगारथ महतोलाई गोली प्रहार गरी सख्त घाइते बनाई फरार रहेको आरोप छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो समेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको जनाएको छ ।
No comments:
Post a Comment