/ , , , / मधेशी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम स्थगित

मधेशी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम स्थगित

madeshi-morcha-6-261
२५ माघ । करिब ६ महिनादेखि जारी आन्दोलनका कार्यक्रमहरु संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्कालका लागि स्थगित गरेको छ ।मोर्चाको सोमवार सम्पन्न बैठकले वर्तमान अवस्थामा देशको समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी आन्दोलनका घोषित कार्यक्रमहरुमध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम तत्कालका लागि फिर्ता लिने घोषणा गरेको हो । संघर्षका अन्य कार्यक्रमहरु भने यथावत राख्ने निर्णय गरिएको मोर्चाका अध्यक्षहरुद्वारा संयुक्त  रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा जनाईएको छ ।आन्दोलनका क्रममा मोर्चाबाट भएका कमिकमजोरी र त्रुटिहरुको समीक्षा गर्दै,  त्यसलाई सच्याउँदै आन्दोलनलाई अझ सशक्त र व्यापक रुपमा अगाडि बढाउन आवश्यक तयारी  एवम् गृहकार्य गरी आन्दोलनलाई तराई÷मधेश÷थरुहटकासाथै काठमाडौंसहित अन्य क्षेत्रहरुमा समेत परिचालन गर्ने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । मोर्चालाई अझ बढी व्यापक र प्रभावकारी बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभन्दा बाहिर रहेका राजनीतिक पार्टी र मोर्चालाई समावेश गरिने जनाईएको छ ।वीरगञ्ज नाका खोल्नुपर्छ भनेर अभिव्यक्ति दिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको कडा आलोचना गरिएको छ । अब उप्रान्त यस्ता कार्य र अभिव्यक्ति नदोहो¥याउन समेत संयुक्त प्रेस विज्ञप्तिमा अध्यक्ष महतोलाई सचेत गराएको छ ।मोर्चा आन्दोलनरत रहेकै बेलामा आन्दोलन फिर्ता लिएको वा आन्दोलनरत शक्ति पराजित भएको भनि  विभिन्न प्रचारबाजी, भएको भन्दै  मोर्चाले खेद प्रकट गरेको छ ।  मोर्चाको नाकाअवरोध तथा बन्द बाहेकका संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ ।माघ २९ गते जिल्ला सदरमुकामहरुमा मसाल जुलूस प्रदर्शन गर्ने, फाल्गुन ५ गते  जिल्ला सदरमुकामहरुमा लाठी जुलूस प्रदर्शन गर्ने, फाल्गुन ७ गते, जिल्ला सदरमुकामहरुमा विरोध सभा गरी मोर्चाले राखेका ११ बुँदे माग जन समक्ष प्रस्तुत गर्दै गाउँ तथा नगरहरुमा जनमत संकलनका रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संयुक्त प्रेस विज्ञप्तिमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको हस्ताक्षर रहेको छ । उक्त प्रेस विज्ञप्तिमा मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने हस्ताक्षर गरेको छैन ।यता संयुक्त लोकतान्त्रिक मोर्चाका घटक दलका नेताहरुले जारी गरेको प्रेस विज्ञप्ति फर्जी स्टाइलको भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment