/ , / गोलबजार प्रहरीद्धारा २९ बर्ष पछि दुई फरार अभियुक्त पक्राउ

गोलबजार प्रहरीद्धारा २९ बर्ष पछि दुई फरार अभियुक्त पक्राउ

राम नारायण पंडित, सिरहा, २६ माघ ।सिरहा प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार अभियुक्तहरुको खोजतलाश गर्ने अभियान अन्तर्गत सोमबार लुटपिट मुद्धाका दुई फरार अभियुक्तलाई गोलबजार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक  सन्तोष निरौलाको कमान्डमा खटिएको प्रहरीको गस्ति टोलीले जिल्ला अदालत सिरहाको मिति २०४३ बैशाख २९ गतेको फैसलाले लुटपीट मुद्दामा ६ महिना कैद सजाय भइ फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा अयोध्यानगर ९ बस्ने असर्फी साफीको ६० बर्षीय छोरा किसुनदेव साफी धोबी र झखारी साफीको ४५ वर्षीय छोरा मगैनिया साफी धोबी रहेका छन् । आफ्नै घरमा लुकीछिपि बसीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत सिरहामा पेश गरिएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment