राम नारायण पंडित, सिरहा, २२ माघ ।हामी सक्छौँ, म सक्छु भन्ने नाराका साथ क्यान्सर दिवस सिरहामा पनि मनाइएको छ । क्यान्सर निको पार्न सकिन्छ भन्ने सचेतना जगाउन यो नारा तय गरिएको हो । सिरहाको कर्जन्हामा रहेको फुलकुमारी महतो मेमोरियल हस्पिटलमा बिहीबार विश्व क्यान्सर दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाईएको छ । दिवसको अबसरमा कर्जन्हा हस्पिटलमा उपचारका लागि आएका विरामीहरु, मिर्चैयाको टाईम्स स्कुल, बरहरामालको आरटिएन स्कुलका बिद्यार्थीहरु र महिला स्बस्थ्य स्ंवयसेबिकाहरुलाई प्रशिक्षण दिईएको थियो । उक्त अबसरमा अस्पतालमा कार्यरत डा. दिपेन्द्र दासले प्रोस्ट्ेट, डा. रंजित राज पाठकले ग्याँस्टिक, डा. श्रवण साहले ओव्रन क्यान्सर, डा. विभा सिंहले पाठेघरको क्यान्सर, डा. योगेश राज अमात्यले फोक्सो क्यान्सर र डा. मनिस यादबले ओरल क्यान्सको बारेमा सहभागि बिद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । काठमांडौको ग्राण्डि अन्तराष्ट्यि अस्पतालका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. अविस अधिकारीले काठमांडौबाट समाजिक संजाल स्काईपको माध्यमले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको अन्त्यमा सहभागिहरुले मैनबती बाली कार्यक्रम समापन गरेका थिए । चेतना अभावका कारण क्यान्सरका बिरामी विश्वभर बढ्दै गएका विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार खानपानमा ध्यान दिन सके मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुन्छ । क्यान्सर लागेर ज्यान गुमाउने मध्ये २२ प्रतिशत धुमपानको कारण भएको पनि संगठनले जनाएको छ । विश्वमा हरेक वर्ष ८२ लाख मानिसलाई क्यान्सर लाग्ने गरेको तथ्यांक छ । नेपालमा ७० हजार जनालाई क्यान्सर हुने र यसको एक तिहाई मानिसको उपचारका क्रममा ज्यान जाने गरेको पाइएको छ ।
No comments:
Post a Comment