रामभरोसी यादव
सिरहा, फागुन ३– चोरी तथा अन्य मुद्दामा १९ दिन कैद तथा एक सय ९५ रुपैया १९ पैसा सजाय पाएका फरार एकजनालाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालत सिरहाको २०४९ चैत्र २३ गतेको फैसला अनुसार चोरी अन्य मुद्दामा १९ दिन कैद तथा एक सय ९६ रुपैयाँ १९ पैसा जरिवाना सजाय भई फरार रहेका गोलबजार नपा–६ वस्ने ४६ वर्षिय हरी सदा मुसहर लाई आफ्नै घरमा वसी रहेको अवस्थामा गोलबजार प्रहरीले आज विहान पक्राउ गरेको हो ।
पक्राउ परेका सदायलाई आवश्यक कारवाहीको लागी सिरहा जिल्ला अदालतमा बुझाइएको इलाका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment