काठमाडौं । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद डा। बाबुराम पोखरेलले सरकारसँग २१ लाख रुपैयाँ माग गरेको खुलासा भएको छ । सभासद पोखरेलले मुटुको भल्बमा समस्या भएकाले ‘कम्बो
’ राख्नुपर्ने भन्दै २१ लाख रुपियाँ माग गरेका हुन् ।
काठमाडौंको नयाँबानेश्वरस्थित शान्तिनगरमा भिएस निकेतन विद्यालय र उच्च मावि चलाएकाले आफै उचार गराउने हैसियत भएपनि सभासद पोखरेलले राज्यलाई भार पर्ने गरी २१ लाख रुपियाँ माग गरेका छन् । उनले रकमग माग गरेपनि संसद सचिवालयले अहिलेसम्म सो रकम नदिएको संसद सचिवालयकी प्रमुख लेखा नियन्त्रक यमुना प्रधानले बताईन् ।
‘सभासदले संसद सुविधा शाखाबाट उपचार खर्च माग गर्नु हुन्छ’, प्रमुख लेखा नियन्त्रक प्रधानले भनिन्, ‘यति ठूलो रकम हामीसँग छैन । हामीले सरकारलाई सिफारिस गरिदिने हो ।’
फोरम लोकतान्त्रिकबाट सभासद बन्न एक करोड रुपियाँ अध्यक्ष गच्छदारलाई बुझाएको आरोप पोखरेलमाथि लाग्दै आएकोक छ । उनी मात्रै होइनन् फोरम लोकतान्त्रिककी अर्की सांसद एवम ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाले पनि एक करोड रुपियाँ खर्च गरेर सांसद बनेको आरोप छ ।
No comments:
Post a Comment