राम नारायण पंडित, सिरहा, २२ माघ । लगुऔषध चरेस मुद्दाका फरार एक महिलालाई १६ बर्षपछि सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नपा ३ बस्ने ६५ बर्षिय असलानी यादब रहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिए । पक्राउ परेकी यादबलाई जिल्ला अदालत सिरहाले चरेस मुद्दामा २०५६ मंसिर १६ गते दोषी ठहर गर्दै १ बर्ष १७ दिन कैद सजाय सुनाएको थियो । अदालतले सजाय सुनाएपछि महिलाले लुकिछीपी बस्दै आएकोमा खोजतलासको क्रममा महिलालाई आफ्नै घरबाट पक्राउ गरिएको निरिक्षक निरौलाले बताए । गोलबजार प्रहरिले पछिलो समय बिभिन्न मुद्धाका करिब एक महिनाको अबधिमा ३० जना भन्दा बढी फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ । यता, निरौलाको काम कार्बाहीलाई सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकले निरिक्षक निरौलालाई सराहना गरेका छन ्। यसबाट अपराधिले अपराध गरे पछि कोहि पनि उम्किन नपाउने संदेश समेत जनता माझ पुगिएको प्रजिअ बिकले बताए । पक्राउ परेका अधिकांश अपराधिहरु राजनितिक संरक्षणमा उम्किदै आएको थियो ।
No comments:
Post a Comment