
यसअघि यस्तै बैठक कलैया र बिराटनगरमा तमरा अभियानको बैठक
अभियान आफ्नो संगठनलाई सुदृढ पार्दै मधेशका सवालहरूमा दरो जनमत निर्माण गर्ने अभियानका संयोजक गुप्ताले जनाएका छन् । बैठकमा आन्दोलनमा अभियानको भूमिकाका बारेमा जिल्लाहरूको रिपोर्ट पेश गरिएको थियो । अगामी बैठकमा विधान संशोधनबारे प्रस्ताव, संगठनको नयां र समयानुकूल ढांचाको निर्धारण, आन्दोलनमा मधेशी मोर्चाले खेलेको गलत भूमिकाको चर्चा र मधेशी जनता समक्ष आन्दोलनको सिंहावलोकन प्रस्तुत गर्नु पर्ने सवाल, तमरा अभियानको केन्द्रीय सदस्यको पुनर्गठन र नयां पदभार तथा जिम्मेवारीको निर्धारण सम्बन्धि प्रकृया र अबको आन्दोलनलाई प्रभावकारी बनाउन संघीय समावेशी मधेशी गठबन्धनलाई नयां सोचका साथ अगाडी बढाउनु पर्ने जस्ता बिषयहरूमा बैठकमा छलफल भएको थियो ।
महागठबन्धनको सवाललाई अगाडी बढाएका केही मधेशी दलहरू अचानक मधेशी मोर्चाको विस्तारमा सहमत हुनुमा तमरा अभियान आश्चर्य व्यक्त गरेको छ । तमरा अभियानको यस्तै आगामी बैठक नवलपरासीको परासीमा हुने जनाइएको छ ।
No comments:
Post a Comment