राजविराज, २० पुस । मधेशी युवा विद्यार्थी मोर्चाको आह्वानमा सप्तरी सदरमुकाम राजविराजमा सोमवार बृहत प्रदर्शन गरिएको छ ।स्थानीय राज रङ्गशालाबाट निकालिएको जुलुश नगरको विभिन्न भाग परिक्रमा गर्दै गजेन्द्र चौकमा पुगी सभामा परिणत भएको थियो । करिब पचास ओटा कलेज, विद्यालय तथा टेक्निकल कलेजका करिब पच्चीस हजार छात्रछात्राहरुको सहभागिता रहेको थियो । मधेशको माग सम्बोधन गर, विद्यार्थीलाई गोली मार्न पाइँदैन, मानव अधिकारको रक्षा गर, निरंकुश सरकार चाहिँदैन, अभिभावक मार्न
पाईदैन, सार्थक वार्ता गर लगायतका नाराहरु विद्यार्थीहरुले लगाएका थिए ।गजेन्द्र चौकमा आयोजित सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका विद्यार्थी ईञ्चार्ज अशोक कुमार यादवले मधेशको माग सम्बोधन गर्न राज्यपक्ष सम्वेदनशील नभएको भन्दै युवा विद्यार्थीहरुले सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो हक अधिकारको सुनिश्चितताकालागि जारी मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्पूर्ण विद्यार्थीलाई आन्दोलनमा होमिन आग्रह गरे ।युवा विद्यार्थी मोर्चाका सप्तरी संयोजक तारकेश्वर यादवको अध्यक्षतामा आयोजित विरोधसभामा युवा नेता शम्भु यादव,मोर्चाका सह–संयोजकद्वय फनिकान्त झा, विनोद कुमार मण्डल, युवा नेताहरु भूपेन्द्र यादव, चन्द्रनारायण दासलगायतले सम्बोधन गरेका छन् ।विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुुमार यादवले नेपालमा भएका हरेक आन्दोलनहरुमा युवा विद्यार्थीहरुले निभाएको भूमिकाको चर्चा गर्दै पहिचान र अधिकारप्राप्तिको लागि जारी आन्दोलनमा सक्रिय एवम् सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे । मधेशका युवा विद्यार्थी शक्ति एकतावद्ध भएर आन्दोलनमा होमिए सरकार घुँडा टेक्न बाध्य हुने उनले बताए ।सभारःन्युजटुडे

No comments:
Post a Comment