/ , , / गोली हान्ने समुहलाई इन्काउन्टरको निर्देशन

गोली हान्ने समुहलाई इन्काउन्टरको निर्देशन

इटहरी २१ पुस । सप्तरीमा गोली हानि हत्या गरिएका असई रमेश सुब्बाको हत्यामा संलग्नको खोजीमा पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरबाट बिशेष टोली परिचालन गरिएको छ । गए राती सप्तरीको नर्बु गाविस ६ स्थित झुट्की प्रहरी चौकीमा कार्यरत साहायक रमेश सुब्बाको गोली हान्ने तराईमा सशस्त्र संघर्षरत जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको खोजीमा बिशेष टोली परिचालन गरिएको हो ।मोर्चाले असईको
हत्याको जिम्मा लिएको थियो ।उक्त भुमिगत समुहको खोजीमा जिल्ला प्रहरी कार्यालय सप्तरी, सगरमाथा अञ्चल प्रहरी र क्षेत्रिय अनुसन्धान ब्यूरो टोली परिचालन गरिएको छ । तिन सयको संख्यामा आधुनिक हतियार सहितको टोली सप्तरी र सुनसरीका सिमावर्ती इलाका र गाँउमा परिचालन गरिएको प्रहरी स्रोतले बताएको छ ।उत टोलीलाई सुट एण्ड साईडको निर्देशन दिइएको प्रहरी स्रोतको दाबी छ । टोलीलाई आधुनिक हतियार सहित सादा पोसाकमा खटाइएको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका एक प्रहरी अधिकृतले भने उक्त समुहलाई भेट्न साथ इन्काउन्टर गर्न निर्देशन दिइएको छ ।इन्काउन्टर गर्न गृह मन्त्रालयबाट निर्देशन समेत आएको ति अधिकृतले जानकारी दिए । असई सुब्बालाई मोटरसाइकलमा आएका दुईजनाको समुहले चौकी नजिकै दुई राउण्ड गोली प्रहार गरि हत्या गरेका थिए ।हत्याको जिम्मा लिदै जयकृष्ण गोइत नेतृत्वको अजाद समुहको राजेश बिद्रोहीले संञ्चारकर्मीलाई फोन र एसएमएस गरेका थिए । उक्त समुहले मधेसमा राज्यले गरेको दमनको बिराधमा चेतावनी सहित असईलाई गोली हानि हत्या गरेको बताएको छ । बिराटनगरबाट साँझ क्षेत्रिय ब्यूरो टोली घटनास्थल तर्फ हिडेको छ ।जिल्ला, अञ्चल र क्षेत्रियको संयुक्त बिशेष टोली गोइत नेतृत्वको समुहको खोजीका लागी परिचालन भइसकेको र चाडै उक्त समुह नियन्त्रणमा आउने प्रहरीको दाबी छ ।भद्रपुर–१०, झापाका उनी सप्तरी, गोबरगाढा प्रहरीचौकी दरबन्दी भई झुटकी चौकीमा काज ड्युटीमा थिए।घटना भएको स्थान सीमावर्ती चौकी हो जुन सदरमुकाम राजविराजबाट करिब २० किलोमिटर पश्चिम–दक्षिण पर्छ। यहाँबाट दक्षिण भारतीय सहर अनरमठ नजिकै पर्छ।यस समुहका मुख्य जयकृष्ण गोइत भारतमा बसेर नेपालको तराई क्षेत्रमा भुमिगत आन्दोलन गर्दै आएको छ । यस अघि पनि बिभिन्न घटनामा गोइत समुहको संलग्नता छ ।सुनसरी, सप्तरी र सिरहा जिल्लामा हालै चलिरहेको मधेस आन्दोलनमा गोइत समुहको पनि साथ छ । मधेस क्षेत्रमा प्रहरी प्रशासनले गरेको दमनको बिरोधमा यस अघि पनि पटक पटक सशस्त्र प्रतिकार गर्ने उदघोष गर्दै आएको गोइत समुहले बिभिन्न स्थानमा बम आतंक मच्चाई सकेको छ । सभारःपुर्वेली न्युज

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment