फरार अभियुक्त घरबाटै पक्राउ
सिरहा , २० पुस । सिरहा प्रहरीले फरार अभियुक्तलाई २३ बर्ष पछि पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारले फरार अभियुक्तहरुको पक्राउ गर्ने अभियान अन्र्तगत पुस १८ गते एक फरार अभियुक्तलाई पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको टोलीले जिल्लाको गोलबजार नगरपालिका १ वस्ने फजुवा मोची चमारको पत्नी ४० बर्षीय सावित्री मोची भन्ने कुमनी देवीलाई पक्राउ गरेका छन् । सिरहा जिल्ला अदालतले २०४९ साल आश्बिन २५ गतेको फैसलाले १ महिना कैद सजाय भई फरार रहेका साबत्रीलाई २३ बर्ष पछि पक्राउ गरेका छन् । उनी आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी साबित्रीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सिरहा जिल्ला अदालतमा पेश गरिएको छ । यसअघि सिरहाको बेतौना ७ साविक घर भई हाल जिल्ला सिरहा गोलबजार नगरपालिका १२ वस्ने ८० बर्षीय राम नाथ धानुक मण्डललाई २० बर्ष पछि आफ्नै घरबाट गोलबजार प्रहरीले पक्राउ गरेको थियो । गोलबजार प्रहरीले एक हप्ता भित्रमा बिभिन्न मुद्धाका फरार अभियुक्तहरुलाई पक्राउ गरि जिल्ला अदालत सिरहामा बुझाईको छ
No comments:
Post a Comment