राज्यको दमन नरोकिए बन्दुक खोसेर आत्मरक्षाः मातृका यादब
राजविराज, १९ पुस । नेकपा माओवादीका केन्द्रीय संयोजक मातृका प्रसाद यादवले मधेशी जनतामाथि बन्दुकले दमन गर्ने कार्य नरोकिए त्यही बन्दुक खोसेर आत्मरक्षा गर्नुपर्ने बताएका छन् ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । जारी शान्तिपूर्ण मधेश आन्दोलनमा राज्यले क्रुर दमन गरिरहेकोमा आक्रोश प्रकट गर्दै उनले भने ‘सरकारी बन्दुक अझैं नरोकिए मधेशी जनता त्यही बन्दुक खोसेर आत्मरक्षा गर्न बाध्य हुनेछ । विश्वमै उदाहरणीय ऐतिहासिक शान्तिपूर्ण आन्दोलनमा राज्यले क्रुर दमन गरेर दबाउने काम गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न र अधिकारप्राप्तिकालागि मधेशमा मधेशी सेना निर्माण हुनुपर्ने उनले जोड दिए । ‘मधेशलाई उपनिवेशबाट मुक्त गराउन मधेशी युवाहरुको सहभागितामा निर्माण जरुरी छ’ उनले भने ‘मधेशमा निर्माण हुने उक्त सेना सशस्त्र वा निशस्त्र हुने त्यस विषयमा राज्यको रबैया र परिस्थितिले निर्धारण गर्नेछ ।
तिरहुतिया सेनाले गोर्खाली सेनालाई पराजित गरेको प्रसङ्ग कोट्याउँदै नेता यादवले राज्यपक्षको चेत अझैं नखुले मधेशका क्रान्तिक्रारी युवाहरुले जवाफ दिन बाध्य हुने दावी गरे । मधेशमा हाल दुई ओटा धार रहेको प्रष्ट पार्दै उनले भने ‘एउटा धार अलग मधेश र अर्को नेपालभित्रै आत्मनिर्णयको सहितको स्वायत्त मधेश ।’ आफूहरु अहिले पनि नेपालभित्रै पूर्ण समानुपातिक सहभागितासहितको समृृद्ध मधेशको पक्षमा रहेको प्रष्ट पार्दै नेता यादवले राज्य गम्भीर नभए त्यसपछिको माग अलग मधेश समेत हुनसक्ने शंकेत गरे ।
जारी मधेश आन्दोलन नेताहरुको अस्पष्ट दिशाका कारण सडक आन्दोलन मठ–मन्दिरतर्फ उन्मुख भइरहेको नेता यादवले टिप्पणी गरे । दिल्लीबाट फर्केपछि जारी सडक आन्दोलनमा शिथिलता आएको दावी गर्दै उनले भने ‘जारी मधेश आन्दोलन न गर्ने पक्षमा छ न छोडने जस्तो अवस्था छ ।’ नेतृत्वकर्ताहरुले साझा संकल्पका साथ स्ष्पष्ट कार्यदिशाका साथ अगाडि बढ्नुपर्नेमा नेता यादवले जोड दिए । आफूले मोर्चाबन्दीका लागि प्रयास गर्दैआए पनि केही नेताको अहंकारका कारण कार्यगत एकता हुन नसकेको उनले प्रष्ट पारे ।
मधेशका भूमीपुत्रहरुलाई मधेशमै अल्पमतमा पार्ने षडयन्त्र अझैं जारी रहेकोले मधेशी जनता सचेत हुनुपर्नेमा जोड दिए । नेपाल देश मधेशीहरुको पुर्खाको देश भएको प्रष्ट पार्दै उनले भने ‘ मधेशमा अहिले पनि पुनर्वासको नाममा केही पहाडि समुदायद्वारा फिजिकरणको प्रयास भइरहेको छ ।’
एक अर्को प्रसङ्गमा नेता यादवले डा। सिके राउतको मागसँग आफू पूर्ण रुपमा सहमत नरहेको प्रष्ट पार्दै अहिले अलग मधेशको माग गर्ने बेला नआएको प्रष्ट्याए । डा। राउतसँग आफू बहस तथा छलफल गर्न तयार रहेको बताउँदै उनले भने ‘डा। सिके राउतसँग बैचारिक बहस गर्न तयार छु, उनका सबैकुरामा म सहमत हुनैपर्छ जरुरी छैन ।
पत्रकार सम्मेलनमा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव, पार्टीका केन्द्रीय सदस्यद्वय जगत यादव, महेश यादव, जिल्ला अध्यक्ष जयप्रकाश यादवलगायतको उपस्थिति रहेको थियो । सभार:- न्युजटुडे
No comments:
Post a Comment