(अपडेट) विराटनगर ) रंगेली घटनापछि विराटनगर सुनसान
बिरबटनगर ८ माघ । मोरङको रंगेलीमा प्रहरी गोलीबाट तीन जनाको मृत्यु भएसँगै विराटनगर बजार सुनसान बनेको छ। विराटनगर–रंगेली हुलाकी राजमार्ग भएर गुड्ने सवारी साधन ठप्प भएका छन्। रंगेलीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएको युवा संघको कार्यक्रम बिथोल्ने प्रयास भएपछि प्रहरीले गोली चलाउँदा तीन जनाको ज्यान गएको हो। घटनापछि झन्डै २५ किलोमिटर पश्चिमको विराटनगरको जनजीवन प्रभावित बनेको हो।अप्रिय स्थिति हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले मुख्य विराटनगरको मुख्य बजार क्षेत्र, चोकहरुमा बाक्लै सुरक्षाकर्मी परिचालन गरेको छ। मोर्चाको पकड क्षेत्र मानिएका रोडशेष चोक, महावीर चोक, जतुवा, बुधहाट चोक क्षेत्रमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ। मानिसहरुको चहलपहल पातलो भएको छ। विराटनगर बसपार्कबाट छुट्ने लामो दुरीका सवारी साधन पातलो संख्यामा चले पनि बजार क्षेत्रभित्र मोटरसाइकल बाहेक अन्य गाडी गुडेका छैनन्।स्थितिलाई कसरी सम्बोधन गर्ने भनेर मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले मुख्य दलहरुको बैठक सिडिओ कार्यालयमा बोलाएका छन्। नयाँ परिस्थितिमा के गर्ने भनेर दलका स्थानीय नेताको बैठक सिडिओ कार्यालयमा जारी छ। अनौपचारिक कर्फ्यु प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएपछि मोरङको रंगेली वरपरको क्षेत्रमा अनौपचारिक कर्फ्यु आदेश जरी गरिएको छ। मोरङ जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रंगेलीदेखि ५ सय मिटर पूर्व तथा पश्चिममा गोविन्दपुरको बक्राह खोलासम्म, मालपोत कार्यालयभन्दा ५ सय मिटर उत्तर र दक्षिणमा रंगेली(उर्लाबारी हुलाकी राजमार्गको ५ सय मिटर दक्षिणसम्म कर्फ्यु आदेश जारी गरेको हो। मोरङका एसपी तारणीप्रसाद लम्सालले स्थिति सामान्य रहेको नागरिकन्युजलाई बताए। जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश औपचारिक नभएको दाबी गरेको छ।
No comments:
Post a Comment