बिराटनगर, १० माघ । संविधानमा संशोधन भए पनि मधेशी मोर्चाको आन्दोलन नरोकिने भएको छ। तीन दलद्वारा आपसी सहमतिमा भएको संविधानको पहिलो संशोधन पछि आन्दोलन रोकिने सम्भावना भए पनि आन्दोलन नरोकिने देखिएको छ। संविधान संशोधन पछि आफ्नो पहिलो प्रतिक्रिया दिंदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमांकनको मांग पूरा भए बिना कुनै हालतमा आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। बिराटनगरमा पत्रकारहरू संग कुरा गर्दै महतोले तीन दल माथि बेईमानी गरेको आरोप लगाएका छन्। उनले भने ‘पहिले संविधान बनाउंदा बेईमानी पछि संविधान संशोधनमा बेईमानी गरेको बताए।’ हाल भएको संविधान संशोधन बारे प्रतिक्रिया दिंदै महतोले शब्दको जालमा मधेश आन्दोलनलाई फंसाउने षड्यंत्र गरिएको बताएका छन्। पत्रकारहरूको प्रश्नको जवाफ दिंदै महतोले भने सीमांकन मधेशी जनताको प्रमुख मांग रहेको बताउंदै त्यो पूरा नभए सम्म कुनै पनि हालतमा आन्दोलन रोकिने वाला छैन्। उनले भने( ‘सीमांकनको लागि हाम्रो दबाब अझै पुगेन, काठमाण्डू माथि दबाब बनाउन मधेशमा आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाउने प्रयास शुरू गरेका छौं।’ महतोले सीमांकनलाई सहमतिको बटम लाईन बताउंदै मधेशमा दुई प्रदेशको लागि चांडैनै महागठबन्धन बनाई आन्दोलन नयां ढंगले अगाडि बढाउने बताए। आन्दोलनको स्वरूप परिवर्तन र नाकाबन्दी खोल्ने सवालमा महतोले भने त्यो मोर्चाको बैठकले तय गर्ने हो। भोलि सोमवार संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको बैठक काठमाण्डूमा हुने र त्यस बैठकले आन्दोलनको स्वरूप, आन्दोलनको आगामी कार्यक्रमहरू तय गरिने महतोले जानकारी गराएका थिए। उनले भने हाम्रो पार्टीको तर्फबाट आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाई अघि बढ्ने प्रस्ताव ल्याउने छौं। मोरंगको रंगेलीमा भएको हिंसक झडपमा ज्यान गुमाएका आन्दोलनकारीको परिवारलाई भेट्न बिराटनगर आई पुगेका सदभावना अध्यक्ष महतोले शनिवार रंगेली, डायनियां र बरडेंगा गई मृतक परिवारलाई भेटेका थिए। साथै धरान गई उपचार गराई रहेका घाईतेहरू लाई पनि भेटेका थिए।
No comments:
Post a Comment