सिरहा, पुस २४ गते । पाँच महिना हुन लागेकोे मधेश आन्दोलन, आमहडताल र नाकाबन्दीको फाइदा उठाउँदै पेट्रोलियम पदार्थको कालो बजारीलाई नियन्त्रण गर्ने प्रयास गरेपछि तस्कर र आन्दोलनकारी बिच झडप भएको छ ।तेनुवापट्टी तस्करकोे डिजल मोर्चा कार्यकर्ताहरुले केहीदिन पहिले सुखीपुरको राजदेवी चौकमा नष्ट गरेपछि बढेको विबादका कारण बिहिबार दुई पक्षीय भेलामा तस्करहरु जथाभावी बोलेपछि मोर्चा कार्यकर्ताहरु तेनुवापट्टी तस्करहरुलाई समान्य कुटपिटगरी लखेटी लखेटी भगाएको छन् ।भेलामा आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्याकर्ताहरुलाई एउटा पनि तस्करलाई नछोडन मधेश आन्दोलनका नायक कृष्ण बहादुर यादबले बताउनुभयो ।उहाँले भन्नुभयो– कार्यकर्तालाई न रोकेको भए तस्कर एकदमै कुटाई खाने थियो तर कार्यकतालाई सम्झाई बुझाईएकोले समान्य झडप भएको छ । अब तस्करसगँ कुनै छलफल नराख्ने तस्करलाई छोडे तस्करी समान सिधै जलाईदिनु पर्छ ।
No comments:
Post a Comment