काठमाडौ २० पुस । आज विहान ४ बजेर ५३ मिनेटमा नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।
भारतको मनिपुरलाई केन्द्रबिन्दु बनाएर ६ ,८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।
पृथ्वीको सतहबाट ३३ किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।
समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही भूभागमा भौतिक क्षति पुर्यारएको छ । क्षतिको विवरण भने आइसकेको छैन।
पूर्वोत्तर भारतमा समेत भूकम्पको झट्का महसुस गरिएको छ । म्यान्मारमा ६,७ मापन गरिएको छ । असम, बंगाल, अरुणाञ्चल, बिहार, झारखन्डसहितका इलाका झट्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी सहयोगमा
Home /
Breaking
,
Featured
,
International
,
National
/
नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का
No comments:
Post a Comment