समग्रसंदेश सम्बादाता
सिरहा २९ पुष । सिरहा अदालतबाट कैद तथा जरिवाना सजाय भइ फरार रहेका माओवादी समुहका सिरहा जिल्ला इन्चार्ज सहित दुई जना अभियुक्तहरुलाई खोज तलास गरी पक्राउ गर्ने अभीयान अन्तर्गत बुधबार पक्राउ गरेको छ ।
गोलबजार प्रहरीले १५ दिन भित्रमा विषेश सूचनाको आधारमा विभिन्न मुद्दामा फरार रहेका ६ जनालाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाएको गोलबजारका प्र.नि. संतोष निरौलाले जानकारी दिनुभयो ।
सिरहा प्रहरीले केहि सातामा मात्र विभिन्न फरार व्यक्तिहरुलाई पक्राउ गरी कारवाही चलाई सकेको छ ।
यसै क्रममा गोलबजार प्रहरी निरीक्षक सन्तोष निरौलाको कामाण्डमा खटिएको टोलीले बौका गुरुजी भन्ने गनपैत यादव र गंगाई यादव भन्ने गंगा प्रसाद यादबलाई पक्राउ गरेको छ ।
सिरहा अदालतबाट २०६८ असार १६ गतेको आदेशले कुटपिट लुटपिट मुद्दामा फरार अभियुक्त सिरहा अयोध्यानगर गा.बि.स. वार्ड न.९ बस्ने ४५ बर्षिय गणपैत यादवलाई पक्राउ गरीएको छ । यादव माओवादी मात्रिकामा समुहका जिल्ला इन्चार्ज हुन ।
त्यस्तै २०५६ जेष्ठ ३१ गते को आदेशले कुटपिट मुद्दामा फरार अभियुत जिल्ला सिरहा हकपारा गा.वि.स. वार्ड न.७ स्थाइ घर भइ हाल जिल्ला सिरहा गोलबजार नगरपालिका वार्ड न. १० बस्ने सोनाइ यादवको छोरा वर्ष ५८ को गंगाई भन्ने गंगा प्रसाद यादवलाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जना सिरहाको विभिन्न स्थानमा लुकी छिपि बसि रहेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाइएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment