/ , , , / भारतको अनौठो सन्देशले ओली आत्तिए

भारतको अनौठो सन्देशले ओली आत्तिए

प्रधानमन्त्री केपी ओलीलाई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खवर दिए–‘चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन, भारतले नाकाबन्दी गरिरहेको छैन, तैपनि किन झुठो प्रचार ?
भारतले होइन चीनले चाहिँ नेपाललाई नाकाबन्दी गरिरहेको ‘सप्रमाण’ भारतले दावी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो । भारतले स्पष्ट सन्देश दियो, अरु नाका खुकुला पार्छौ तर रक्सौल नाका चाहिँ खोल्दै खोल्दैनौँ । नेपालको मुख्य नाका नै रक्सौल हो भने अरु खोल्नुको के अर्थ भयो रु नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया चलिरहेको, मन्त्रिपरिषदले औपचारिक रुपमै स्वागत गरेको, नाका केही खुल्ला भएको अवस्थामा भारतीय संस्थापनले यस्तो अनौठो सन्देश पठाएपछि प्रधानमन्त्री ओली आत्तिए । भारतले मन्त्रिपरिषदको तीन बुँदे स्वागत गरेपछि पनि रक्सौल नाका नखोल्ने भनेपछि प्रधानमन्त्री ओलीले भारतले धोका दिएको अभिव्यक्ति दलीय बैठकमा दिए । रक्सौल नाका नखोल्ने र नेपालले नाकाबन्दी पनि भन्न नसक्ने अवस्थामा पु¥याउनका लागि भारतले दिएको तर्क हो ‘नेपाललाई चीनले पनि नाकाबन्दी गरिरहेको छ ।’ चीनसँगको नेपालको मुख्य नाका तातोपानी हो । भूकम्पपछि सो नाका बन्द छ ।
भारतले नाकाबन्दी लगाएपछि पनि चीनले तातोपानी नाका खोलेन । चीनले मुख्य नाका नखोल्दा चाहिँ नाकाबन्दी नहुने, हामीले रक्सौल नाका नखोल्दा कसरी नेपालमाथि नाकाबन्दी हुने रु भारतीय तर्क लगभग आधिकारिक च्यानलमार्फत प्रधानमन्त्री ओलीको कानमा पु¥याइएको समाचार साँघु साप्ताहिकले छापेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment