जनकपुरधाम ४ माघ । विवाह पञ्चमीमा जनकपुरधाम आएकी राष्ट्रपति विद्या भण्डारीमाथि जुत्ता फाल्ने घटनामा तीन जना महि
लासहित १० जनामाथि मुद्दा चलाइएको छ ।
राष्ट्रपतिमाथि भएको दुव्र्यवहारको विषयमा सरकारले डाईरेक्ट मुद्दा चलाउन नसकेपछि उनीहरुमाथि झुठा मुद्दा लगाएर तह लगाउन खोजेको बताए ।
उनीहरुमाथि जानकी मन्दिरमा तोडफोड गरेको आरोप लगाइएको छ । प्रहरी हिरासतमा हाल दुई जना रहेका छन् । हिरासतमा रहेका शिला देवी र अशोक प्रसैलालाई आईतबार जिल्ला अदालत धनुषामा पेस गरिएको छ ।
सोमबार दुवै जनाको बयान पछि अदालतमा बहस सुरु हुने सहायक जिल्ला सरकारी वकील रामेश्वर राय यादवले हुलाकी न्यूजलाई जानकारी दिए ।
अभियोग पत्रमा शिला देवी र अशोक प्रसैलालगायत विमला साह, विवेक चन्द्र अधिकारी, सुशिल कर्ण, नविन यादव, रामचन्द्र चौधरी, सरीता गिरी, रामजी राय र सिता चौधरीलाई प्रतिवादी बनाईएको छ ।प्राचिन स्मारक संरक्षण एन २०१३ को दफा क बमोजिम मुद्दा चलाइएको छ ।
जसअनुसार ५ देखि २५ बर्ष कैद र २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ ।यता जनकपुरका नागरिक समाजले राष्ट्रपतिको कार्यक्रममा अवरोध गर्नेहरुमाथि घुमाउरो पाराले कारवाही भइरहेको बताउँदै त्यसको विरोध गरेका छन् ।
मधेशी मोर्चाका नेताहरुले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास पनि मधेशीहरुलाई फसाउनमा सक्रिय भूमिका खेलिरहेको बताए ।
No comments:
Post a Comment