/ , , / चाडबाड सकेपछि देशबाट बाहिरिनेको क्रम बढ्यो

चाडबाड सकेपछि देशबाट बाहिरिनेको क्रम बढ्यो

 राम नारायण पंडित, सिरहा, १६ मंसिर । चाडबाड सकेपछि सिरहा सहितका जिल्लाहरुबाट विदेश पलायन हुनेको संख्या बढ्दै गईरहेको छ । बेरोजगारी र अशिक्षाको कारणले नेपालीहरु देश बाहिर आय आर्जन गर्नका लागि जाने गरेका छा् । भारतसंग खुल्ला सिमाना रहेकोले त्यहाँ जानेहरुको संख्यामा बृद्धि भएको पाइन्छ । दशैँ, तिहार तथा छठ मनाउँन घर फर्किएका नेपालीहरुले चाडबाड सकिएपछि छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा जाने क्रम सुरु भएको छ । सिरहा ,सप्तरी, मोरँग, सुरसरी, रौतहट, बारा, पर्सा, धनुषा, महोत्तरी र सिन्धुली लगायतका जिल्ल्लाहरुबाट दैनिक हजारांैको सख्यामा मजदुरहरु भारत रोजगारीका शिलशिलामा जाने गरेका छन । आर्थिक अवस्था कमजोर भएका युबाहरु चाडपर्ब सम्पन्न गरि भारतका पंजाब, चन्डीगढ, अहम्दाबाद, दिल्ली, कोलकत्ता, सिमला, गुजरात, मुम्बई लगायतका स्थानहरुमा मजदुरी गर्न जाने गरेको छ । आर्थिक अवस्था कमजोर, खेतबारी पनि थोरै भएका कारण परिवार चलाउनको लागी विदेशीनु परिरहेको मजदुरहरुको भनाई छ । लामो समयदेखि तराई मधेशमा जारी रहेको बन्द हड्तालले आर्थिक अबस्था कमजोर भएका घर परिवारहरुलाई बढी समस्या भएको कारणले युबाहरुको बिदेशिने क्रम बढेको बुद्धिजिविहरुको भनाई रहेका छन् । तर, कतिपयले जारी आन्दोलनबाट आफ्नो हक अधिकार सुनिश्चित गरेर मुलुकबाट बाहिरिने बताईरहेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment