/ , , / ओली सरकारको विकल्प किन खोजिँदै छ ।

ओली सरकारको विकल्प किन खोजिँदै छ ।

काठमाडौँ, १ पुस । प्रधानमन्त्री बनेपछि गर्नुपर्ने कामबारे स्पष्ट दृष्टिकोण र सोचन बनाएर बसेका एमाले अध्यक्ष केपी शर्मा ओली आफूले सोचेका कुनै पनि काम प्रारम्भसमेत गर्न नपाई पदबाट बाहिरिने अवस्थामा पुगेका छन् । केही महिनाअघिसम्म माओवादीविरोधी र प्रजातन्त्र पक्षधर नेता मानिने ओली प्रधानमन्त्री बन्ने क्रमसँगै माओवादी घेरामा परेका छन् । अचेल उनले माओवादीभन्दा कांग्रेसलाई दोषी देख्न थालेका छन् र माओवादीसँगको सहकार्य दीगो र प्रभावकारी बनाउन प्रयासरत छन् । माओवादी बन्धनमा रहेकै कारण आफूले सोचेअनुरुप काम गर्न नपाएको हेक्का ओलीका राखेका छैनन्, राष्ट्रवाद र राष्ट्रियताको गीत गाउँदागाउँदै उनको समय बित्ने गरेको छ । देशलाई स्थायित्व र संवृद्धिको दिशामा लैजान प्रधानमन्त्रीका रुपमा ओलीले गर्नुपर्ने काम यथेष्ट छन्, तर उनले नाकाबन्दीसिर्जित उपसमस्या समाधानमै केन्द्रित हुनु परेको छ । यसलाई कतिपयले गाँडको उपचारमा लाग्नुपर्नेमा केपी ओली गाँडमाथि आएको पिलो निकाल्न व्यस्त रहेको भनी टिप्पणी गरेका छन् । तर, यही पिलो निकाल्न पनि ओली समर्थ भएका छैनन् । उनी प्रधानमन्त्री भएको अढाई महिना बितिसकेको छ, यस अवधिमा सुरुको डेढ महिना उनले भारतलाई गाली गरेर बिताए भने त्यसपछिको समय भारतको विकल्प खोज्नेमा केन्द्रित भएको छ । भारतको सट्टा चीनलाई व्यापारिक साझेदार बनाउन केन्द्रित रहँदै नाकाबन्दी हटाउन कुनै पनि कूटनीतिक पहल नगर्ने सोचमा रहेका ओली चीनबाट अपेक्षित सहयोग मिल्ने नदेखिएपछि भने केही गम्भीर बनेको महसुस गर्न थालिएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ । सभार :- टुडेखबर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment