/ , , , , / सिरहामा गाँजा फडाँनी अभियान सुरु

सिरहामा गाँजा फडाँनी अभियान सुरु

समग्र संदेश डट कम

सिरहा, पुस ९
प्रहरी राजमार्ग केन्द्रित भएपछि सिरहामा लागुऔषध गाँजा फडाँनी गर्न एक हप्ते अभियान संचालन भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक संतोष नि।ौलाको कमाण्डमा खटिएको टोलीले बुधबार जिल्लाको गोलबजार ८ चोहर्वा र बिहीबार गोलबजार ५ मा लगाईएको करीब ३ हजार वोट लाग’ओषध गाजा  फडानी गरी नष्ट गरिएको छ । तराई मधेशमा आन्दोलन चलिरहेको अवस्थामा प्रहरी प्रशासनले गाउँ गाउँमा जान सक्ने अवस्था नभएको कारण गाँजा खेती गर्ने किसानहरु सो पेशा फस्टाएको प्रहरी निरीक्षक निरौलाले भने । अहिलेको अवस्थामा प्रहरीले राजमार्ग केन्द्रीत भएतापनि गाँजा फडानी कार्य संचालन गरिएको निरौलाले बताए । लामो समय देखि जारी मधेश आन्दोलनका कारणले प्रहरी भ्यान राजमार्गमा केन्द्रित हुने गरेकोले जिल्लामा गाँजा खेती फस्टाएको बताईएको छ । सिरहाका बरहरामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फुलबरीया, असनपुर, गोलबजार, जम्दह, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोबिन्दपुर, ढोढना, लहान, ब्रहमान गोरछारी, सोनामती ममmौरा, हरीपुर लगायतका स्थानहरुमा करीब सय हेक्टर भन्दा बढी जमिनमा लागुऔषध गाँजा खेती भईरहेको छ । नाम नबताउने शर्तमा एक किसानले भने गाँजा खेती गर्नु हाम्रो रहर नभई बाध्य हो । पानीको समस्याले अर्का खेती गर्न सम्भव नभएकोले गाँजा खेती गर्नु परेको उनले थपे । सिरहामा उत्पादित भएको गाँजा बिभिन्न नदिका बाटो र चोर बाटो भई भारतीय बजारमा निकासी हुने गरेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment