/ / मधेश आन्दोलनले मिडियामा पारेको प्रभाव विषयमा मधेशभरका पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको सहभागी

मधेश आन्दोलनले मिडियामा पारेको प्रभाव विषयमा मधेशभरका पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको सहभागी

मुकेश यादब   सिरहा, २६ मंसिर । करिब चार महिनादेखि जारी मधेश आन्दोलनको क्रममा नवलपरासीमा ‘मधेश आन्दोलन र यसले मिडियामा पारेको प्रभाव’ विषयमा तराई मधेशका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरु संग केन्द्रिय

महासंघले नवलपरासीमा छलफल गरिरहेको छ ।सिरहा सहित तराई मधेशमा रहेको २२ जिल्लाका नेपाल पत्रकार महासंघ शाखा कार्यालयका अध्यक्षहरु छलफलमा सहभागी हुनका लागि नवलपरासी शुक्रबार राती पुगेर अहिले बैठक जारी गरेको सिरहा शाखाका अध्यक्ष देव कुमार यादवले जानकारी दिए ।चार महिना देखि जारी रहेको मधेश आन्दोलनको क्रममा पत्रकारहरु प्रतिभएको आक्रमण र समाचार संकलनको क्रममा आन्दोलनको समयमा रहेका समस्याहरुको वारेमा केन्द्रलाई जानकारी दिनका लागि आफुले पनि छलफलमा सहभागी हुनका लागि पुगेको यादवले बताए ।उनले भने,‘मधेश आन्दोलनको व्यथा काठमाण्डौं केन्द्रित मिडियाहरुले नबुझेकै कारण तराई मधेशमा पत्र¬¬–पत्रिका आउन नदिएको र यो दुःखको कुरा रहेको छ । मधेशबाट पठाएको सत्य समाचारहरुलाई समेत तोडमोड गरेर विभिन्न मिडियाहरुले समाचार सम्प्रेसन गरेका कारण तराई मधेशका पत्रकारहरु आन्दोलनकारी र सुरक्षाकर्मी दुवैबाट असुरक्षित भएको छ ।’ बन्दले पहाडभन्दा मधेशलाई असर गरेकाले मधेशको समाचार बिना काटछाट सम्प्रेसन गर्ने वतावरण मिलाई दिनका लागि आफुले केन्द्रलाई आग्रह समेत गर्ने यादवले मधेश सन्देशलाई टेलिफोन मार्फत जानकारी दिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment