मुकेश यादब
सिरहा २९ मंसिर ।
आज रामजानकी मन्दिर सिरहामा मटकोर गरेर भोली बुधबार प्रतियोगितात्मक झाँकी संगै सिरहा सदरमुकामलाई परिक्णमा गर्ने, परिक्णमाकै क्रममा सिरहाको थाना चौकमा स्वयंमर तथा परसाद वितरण र पुरस्कार वितरण कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएका छन् ।
भाँकीमा प्रथम, द्वितिय र तृतीय गर्ने समुहको लागि पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
संयुत्तल लोकतान्त्रिक मधेशी मोर्चाले गरेको बन्दका कारण निकै प्रभाव पारे पनि हाम्रो कार्यक्रममा उलेखनिय सहभागिता हुने र महोत्सवको तैयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।
यस संगै आज विहानै देखि सिरहा सदरमुकाममा चहल पहल बढेको छ । सिरहा सदरमुकाममा मनाइने महोत्सव कार्यक्रममा जिल्लाभरीका ट्रयाकटर, बैल गाडी लगायतका साधनहरुमा सवार भएर हजारौं भक्तजनहरुको सहभागिता हुने गरेको हुन्छ । याता विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज भगवान रामसीताको “मटकोर” मनाईदै छ । मटकोर कार्यक्रमका लागि विशेष तयारी गरिएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिएका छन् । मटकोरमा विवाहको वेदीका लागि गंगा सागर पोखरीबाट परम्परागत अनुसार माटो ल्याउने कार्यक्रम रहेको छ । त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान राम र सीताबीच भएको विवाहको स्मरणमा विभिन्न कार्यक्रम तथा विधिका साथ विवाहपञ्चमी महोत्सव मनाउंदै आइएको छ । भगवान रामसीताको विवाह भएको दिन जनकपुरको जानकी मन्दिर प्रागंणमा बुधबार अर्थात भोली वैवाहिक कार्यक्रमको भव्य आयोजन गर्न लागिएको दासले बताए । वैवाहिक कार्यक्रम पूर्व रंगभूमि मैदान व्राहविघामा रामसीताको स्वम्वर गरिने कार्यक्रम रहेको छ । विवाहपञ्चमीको चौथो दिन मंगलबार भगवान रामसीताको तिलकोत्सव कार्यक्रम सम्पन्न थियो । राम मन्दिरक प्राङ्गणमा सम्पन्न तिलकोत्सवमा जानकी मन्दिरका छोटा महन्थ राम रोशन दास बैष्णव र राम मन्दिरक महन्थ राम गिरी बीच समधी मिलान भएको थियो । समधी मिलानमा जानकी मन्दिर को महन्थ राजा जनक र राम मन्दिरक महन्थ महराज दशरथको भूमिका निर्वाह गरेका छन् । तिलकोत्सवमा जानकी मन्दिरबाट १ सय १ वटा पाहुर राम मन्दिरमा पठाइएको थियो । सहप्ताव्यापी विवाहपञ्चमी महोत्सवको क्रममा नगर दर्शन, फुलवारी लिला, धनुषयज्ञ र तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ भने भोली विवाह महोत्सव र बिहिबार रामकलेवा मनाईनेछ ।
No comments:
Post a Comment