राम नारायण पंडित, सिरहा, ०७ पौष ।
नेपाली कांग्रेस, एमाले र माओवादीले तयार गरेको रोड म्यापलाई नेपाल सरकारले अनुमोदन गरे पछि अब वार्ताबाट समस्या समाधानको संभावना क्षीण भएको संघीय समावेशी मधेसी गठबन्धनको बिरोध सभामा तमरा अभियानका संयोजक जय प्रकाश गुप्ताले बताए । सिरहाको कल्याणपुर बजारमा सोमबार आयोजित सभामा बोल्दै गुप्ताले संसदमा प्रस्तावित संविधानको संशोधनबाट भावी संसदमा मधेसको नगण्य सीट बढेपनि यसबाट जनसंख्याको आधारमा मधेसीको प्रतिनिधित्वको सिद्धान्त सुनिश्चित हुन सक्दैन । संसदको उपल्लो सदन राष्ट्रिय सभाको बिषयमा संशोधन मौन रहेको छ । जसको कारणले राष्ट्रिय सभामा मधेस सदाका लागी न्यून प्रतिनिधित्वको शिकार भई रहने दाबी गरे । संसदमा अगामी तीन दशकसम्म मधेसको सीट नबढने व्यवस्थामा यो संशोधनले कुनै परिवर्तन ल्याउन नसक्ने गुप्ताले स्पष्ट पारे । मधेसी मोर्चाका नेताहरू भारत भ्रमणबाट फर्केपछि समाधानको दिशामा मधेसको सवालहरू झन् फसेको गुप्ताको आरोप रहेको छ । सभामा रामसपाका अध्यक्ष तथा गठबन्धनका नेता शरदसिंह भण्डारीले मधेस आन्दोलन ३ वटा क कलम अर्थात सबै प्रशासनमा भागिदारी, क अर्थात कोष विकासमा हकदारी, क अर्थात कारतूसको मतलब सेना प्रहरीमा समावेशीकरणका लागि भैरहेको बताए । भण्डारी आफु रक्षामंत्री भएको बेला नेपाली सेनामा ३ हजार मधेसी युवालाई भर्ना गराउन चाहेको तर, मधेसी नेताहरूके असहयोगले पुरा गराउन नसकेको बताए । सोही सभामा नेसपाका अध्यक्ष अनिल झाले मधेसी लइडरहेको यो लडाई मधेसी राज्यमा आफ्नो अंश खोज्न र मधेसमा मधेसीको वंशको रक्षाको लागि रहेको बताए । सभामा गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलनको अवस्था, गठबन्धनको उद्देश्यको वारेमा बोल्नु भएको थियो । संघीय समावेशी मधेसी गठबन्धनमा तमरा अभियान, रामसपा, नेसपा र फोरम गणतान्त्रिक सम्मिलित छ ।
No comments:
Post a Comment