वीरगन्ज,२ पुस । पुष ३ देखी मधेस आनदोलन लाई अमm सशक्त बनाउने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ । बिगत १ सय २४ दिनदेखिको जारी मधेश मुक्तिको ऐतिहासिक यस आन्दोलनको सफलता र यसको उचाई कायम हुनेमा सर्वसधारण जनता, बौद्धिक बर्ग लगायतको सदासयता, सहयोग र सहभागिताको लागि मोर्चा, पर्सा उच्च मुल्यांकन गरेको छ ।बिहीबार मोर्चाको बैठक बसि हार्दिक कृतज्ञता जनाएका छन । साथै भोली शुक्रबार पुस ३ देखि ‘अन्तिम धक्का’को रुपमा आन्दोलन सशक्त बनाएर लैजाने हाम्रो पुर्वअह्वान अनुसार बजार, यातायात, पारवहन, कलकारखाना, वितीय संस्था लगायत बन्द गरी हाम्रो प्रयास सफल बनाउनमा सहकार्यका निम्ति सबैमा मोर्चाले आग्रह गरेका छन । बन्द अवज्ञा गरेमा आम मधेशी जनताले गर्ने प्रतिबाद र प्रतिकारको क्रममा हुने अप्रीय घट्नाको संबन्धीत पक्ष स्वयम् जिम्मेवार हुनेछ भन्दै साँथै बिद्यालय र अरु शैक्षिक संस्था निर्वाध रुपमा संचालित रहनेछ भन्दै त्यसतै प्रेस, चिकित्सक, मानवअधिकारकर्मी, एम्बुलेन्स, कुटनीतिक नियोगका सवारी साधन, दुध बोक्ने गाडी, उँखु बोकेका ट्याक्टर, औषधी बोकेका सवारी सधानको संचालनमा अवरोध नगर्न मोर्चाका कार्यकर्ता र आम मधेशी जनतामाँझ हार्दीक अपील गरेका छन ।बैठकमा संघीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादव, तराई मधेश लोकतान्त्रिक पार्टी, पर्सा पुरुषेत्तम झा, लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
No comments:
Post a Comment