/ , , / सघिंय लिम्बुवान पार्टी नेपालद्वारा पुर्वका ९ जिल्लामा चक्काजाम

सघिंय लिम्बुवान पार्टी नेपालद्वारा पुर्वका ९ जिल्लामा चक्काजाम

झापा, २७ मंसिर । सघिंय लिम्बुवान पार्टी नेपालले अरुण पुर्वका ९ जिल्लामा आजदेखी अनिश्चितकालीन चक्काजाम गरेको छ । पहिचानमा आधारित संघीय पुनर्संरचनासहितको लिम्बुवान स्वायत्त राज्य स्थापना गर्न अनिश्चितकालीन लिम्बुवान चक्काजाम आन्दोलन घोषणा गरेको सघिंय लिम्बुवान पार्टी नेपालका केन्द्रिय सचिव टेकबहादुर खजुमले जानकारी दिनुभयो । पार्टीले ‘‘झापा, मोरङ, सुनसरीसहित अरुण–सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको अपराजित–ऐतिहासिक ९ किल्ला’’भन्ने नाराका साथ आन्दोलन थालेको छ ।
शैक्षिक संस्था, विक्तिय संस्था लगायत बजार पसल बन्द नहुने तथा सिटी रिक्सा मोटरसाईकल र अत्यवश्यक सवारी साधन पनि निर्बाध चल्न दिने निर्णय भएको खजुमले बताउनुभयो । चक्काजामका कारण झापामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने नाकाबन्दीको मारमा परेका नागरिक झन् मारमा परेका छन् । बन्दका कारण सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा, संखुवासभा र ते¥हथुम जिल्लाको जनजीवन प्रभावित बनेको सामुदायिक रेडियोहरुले खबर पठाएका छन् । सभार:- टुडेखबर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment