दिनेश्बर गुप्ता, सिरहा, १६ पौष । राष्ट्र र जनता सुरक्षाको लागि अहोरात्री खट्ने ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्स्पेक्टर सन्तोष निरौला यत्तिबेला समाजिक विकृति विरुद्ध अभियान नै चलाएको छ । समाजमा शान्ति सुरक्षा कायम राख्नको निम्ति अपराधिहरुलाई खोजी खोजी कारवाही चलाइरहेका छन् ।सोहीक्रममा हत्याको अभियोगमा अदालतबाट कैद सजाय पाएका एक अभियुक्तलाई २० वर्षपछि गोलबजार प्रहरीका इन्स्पेक्टर निरौलाको नेतृत्वमा आज दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतौना गाविस–७ ९हाल गोलबजार नपा–१२ ० का ७० वर्षीय सरयुग यादव रहेका छन् । घरमा लुुकेर बसेको विशेष सूूचना पाएपछि उनलाई घरमै पुुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । उनका अनुुसार कर्तव्य ज्यान मुुद्दाका अभियोगमा यादवलाई जिल्ला अदालत सिरहाले २०५२ मङ्सिर ६ गते छ महिना कैदको फैसला सुनाएको थियो । कैदको सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै आएका थिए । सिरहा जिल्ला अदालतको २०५२÷०८÷६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका थिए । निज अभियुक्तलाई पुस १६ गते जिल्ला अदालत सिरहामा पेश गरिने बताइएको छ । यसैक्रममा ईलाका प्रहरी कार्यालय गोलबजारले अहिले एक हप्ते लागुऔषध गाजा फडानी कार्यक्रम अघि सारेको छ । सो एक हप्ते कार्यक्रम अन्तर्गत त्यस क्षेत्रको दर्जनौ गाविसमा लुकाई गरिएको गाजा खेती नष्ट गरिएको छ भने तस्करहरुको चलखेल समेत बन्द भएको जानकारीमा आएको छ ।
No comments:
Post a Comment