राम नारायण पंडित,सिरहा, १० पौष । सिरहाको लहानमा आज (शुक्रबार) मैथिली भाषामा वक्तृत्वकला समपन्न भएको छ । मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा हम आ हमर पहिचान शिर्षकमा लहानको न्यू मनोकामना एजुकेशनल एकेडमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयहरुमा पढाइ हुने अन्य विषयहरु जस्तै मैथिली विषय पनि समावेश गर्नु पर्ने उद्देश्यले गराइएको प्रतियोगिता प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय क्रमशः जयप्रकास यादब, कमलप्रसाद यादब र तथा भागेश्वर यादब भएका थिए । दिनेश रसियाको अध्यक्षतामा तथा रविन्द्र उदासी को प्रमुख अतिथ्य र फिरोज शेखको अतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा सहभागीहरुलाई प्रमाणपत्र र पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा तेजु मैथिलको गीत , आरती विकको नृत्य तथा नारायन मधुशाला, हृदय सुमन, गजेन्द्र गजुर र धिरेन्द्र प्रमर्षिको कविता बाचन भएको थियो । कार्यक्रममा रितेश मैथिल,सृजना गजमेर, अनिल महतो, जयकान्त मैथिल, गायत्री सिहं, नरेश बर्बिया, महेश सिह, जाबेद अली, सागर साह, रामदेब यादब, लगायतको उपस्थिति थियो ।
No comments:
Post a Comment