/ , , / ‘काठमाडौंबाट–मधेस छुटन सक्छ” । ठाकुर

‘काठमाडौंबाट–मधेस छुटन सक्छ” । ठाकुर


काठमाडौं, १८ मंसिर । संयुक्त मधेसी मोर्चाको महा नायक तमलोपाका अध्यक्ष महन्थ ठाकुरले तीन ठुला दलहरुले वार्तालाई प्राथमिकता नदिएको बताएका छन् । ‘एमाओवादीलाई ठुलो उपहार चाहिएको छ । ऊ प्रधानमन्त्री बन्न खोज्दै छ । नेपाली कांग्रेसको ठेगान छैन । छिन छिनमा कुरा फेर्छ,’ मोर्चाले पूर्वपश्चिम राजमार्गको ढल्केबरमा आयोजना गरेको विरोध सभामा ठाकुरले भने, ‘वार्तालाई गम्भीरतापूर्वक नलिए काठमाडौंसँगको मधेसको सम्बन्ध टुट्न सक्छ,’ उनले भने, ‘१सय १२ दिनको मधेस आन्दोलनपछि  तीन ठुला दलले मधेस मुलुकको लाइफ लाईन हो भने थाहा पाएका छन् । वार्तालाई गम्भीरतापूर्वक लिइएन भने मुलुकको लाइफ लाईन टुट्न सक्छ । दुर्घटना योजना बनाएर हुदैन, जतिबेला पनि हुन सक्छ ।’
वर्तमान सरकारलाई ‘खिचडी’ सरकारको संज्ञा दिँदै ठाकुरले तीन ठुला दलले वार्ताको नाममा खेलबाड गरेको आरोप लगाए । मोर्चाको माग बारे पटक–पटक लिखित तथा मौखिक जानकारी गराइए पनि सरकार बेखबर बनेको समेत उनले बताए । झापादेखि कञ्चनपुरसम्मको भूभागलाई मधेस प्रदेशमा राखिनु पर्ने मोर्चाको बटम लाईन भएको उल्लेख गर्दै तमलोपा अध्यक्ष ठाकुरले सुशील कोइराला नेतृत्वको सरकारले दर्ता गराएको संशोधन विधेयक मधेसी मोर्चाको मात्र नभई सिंगै मुलुकको लागि भएको जिकिर गरे, ‘बिनाछलफल ल्याएको विधेयक पारित गर्नु पर्छ तर यो विधेयक मधेससँग सम्बन्धित छैन । उत्पीडीत तथा बहिष्करणमा परेका सम्पूर्ण नेपालीको लागि हो ।’ उनले आफूहरुको प्राथमिक माग सीमांकन भएको पनि बताए ।
मधेसलाई समाजिक, धार्मिक तथा साँस्कृतिक सद्भावको प्रतीकको रुपमा अर्थाउँदै ठाकुरले भने, ‘मधेसी र थारु पहाडमा बसोबास गर्दैनन् तर पहाडी मधेसमा बस्छन् । मधेसमा सम्पूर्ण जात जाति तथा धर्मका मानिसको बसोबास छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment