दिनेश्वर गुप्ता लहान ११ पुस । आन्दोलनकारीलाई घरबाट पक्रउ गरी शारिरीक र मानसिक यातना दिएको भन्दै ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीमाथी मुद्दा चलाउंने तयारी गरिएको छ ।
सिरहाको लहान २ निवासी तथा विद्यार्थी मंचका केन्द्रीय सदस्य विजय यादवलाई पुस ७ गते राती डिएसपी चतुर्वेदीसहितको प्रहरीले मंचका यादवलाई घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका यादवलाई डिएसपीसहितको प्रहरीले
राती कुटपिट गरी बेहोस पारिएको थियो । प्रहरीको कुटाईबाट यादवको हात र शरिरको अवस्था गम्भिर रहेको भन्दै घाउ जांचको लागि जिल्ला अदालत सिरहामा निवेदन दिई अस्पताल लगिएको छ । प्रहरीले मंचका केन्द्रीय सदस्य यादवमाथी व्यापारीले चप्पल जुत्ता ढुवानी गर्ने क्रममा त्यसमा आगजनी गरेको आरोप लगाइएको छ । अदालतमा चढाएको निवेदन अनुसार प्रहरीले निर्घात कुटपिट गरी पुस ८ गते जिल्ला प्रहरी कार्यालय सिरहामा राखि दिएको छ । साथै निजलाई यातना दिएर निजमाथी आगो लगाएको मुद्दामा समेत मुछी पुस ८ मा सिरहा जिल्ला अदालतबाट म्याद समेत थप गराएको हो । बन्दीको कारण आउन नसकी आज निज विजय यादवलाई दिएको यातना र कुटाई जचाउंन आएकोले निजलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट झिकाई यसै अदालत मार्फत निजको आंगजीउमा भए परेको घाउ खत यातना कुटपिटको २० नम्बर बमोजिम जांच गराई पाउं ऐनका म्यादभित्र निज उपर सम्बन्धित निकायमा मुद्दा गर्ने छु भनी वालेश्वर यादवले दिएको निवेदनमा उल्लेख छ ।
यसैबीच, आन्दोलनकारी विजय यादवलाई दिएको प्रहरी यातना विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले लहानमा मसाल जुलुस र कोणसभा गरेको छ । मोर्चाले पुस ११ गते लहानमा लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । सोहीक्रममा आज सहिदको सम्झानामा मैनवत्ती बालेर प्रदर्शन गरेको छ । सोहीक्रममा सहिद चौकमा कोणसभा समेत गरिएको थियो ।यसैक्रममा राज्य–सरकारले आन्दोलनरत पक्षको भावना बुझ्न नसकेको भन्दै भैंसीलाई ज्ञापन पत्र बुझाइने भएको छ । मधेशीहरु जति आवाज उठाएपनि सरकार भैंसी जस्तै नसुनेको जस्तो गरेकोले भैंसीलाई ज्ञापन पत्र बुझाउन लागिएको छ ।
संघीय समावेशी मधेशी गठबन्धनले पुस १२ गते आइतबार मधेशका सबै जिल्लाहरुमा भैंसीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
No comments:
Post a Comment