
झापा, मंसिर १३ । हतियारसहित नेपाली भूमिमा समातिएका भारतीय एसएसबीका १३ जना जवानलाई दिँउसो १ बजे भारतीय अधिकारीलाई बुझाइएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक भिम दाहाल सहितको टोलीले भारतको सिमावर्ती कादो गाँउ नजिक दशगजामा भारतीय सीमा सुरक्षा अधिकारीलाई एसएसबीका १३ जवान जिम्मा लगाइएको हो । आइतबार बिहान झापा केचना गाविस(४ का लालमोहम्मद आलमको घरमा नकाव लगाई पसेका र केहि घर नजिक बाँसघारीमा लुकेका एसएसबीका जवानलाई नजिकैको सशस्त्र सुरक्षा बेस क्याम्पले बिहान ७ बजे नियन्त्रणमा लिएको थियो ।१३ मध्ये चारजना हतियार सहित थिए । ७ घण्टापछि उनिहरुका कमाण्डर बोलाई जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । एसएसबीका जवानलाई भारतीय अधिकारीलाई जिम्मा लगाउन लैजाँदा सयौंको संख्यामा स्थानीय बासिन्दाले भारतीय दादागिरी मुर्दाबाद भन्दै नारावाजी गरेका थिए ।
सभार :उज्जयालो
No comments:
Post a Comment