सुनसरी– ७ मंसिर-
तराईका केही जिल्लाहरुमा जारी मधेस आन्दोलनले पूर्वमा लागुऔषध व्यापारमा बृद्धि भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीहरु राजमार्गमा केन्द्रीत भएपछि त्यसैको मौका छोप्दै व्यापारीहरुले भारी मात्रामा लागुऔषध पूर्व क्षेत्रमा भित्र्याउने गरेको हो ।र्इलाका प्रहरी कार्यालय धरानले सोमबार पत्रकार सम्मेलनमार्फत भारी मात्रामा लागुऔषधसहित ३१ जना कारोबार गर्ने व्याक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेको ३१ जनाको साथबाट कोरेक्स ३० बोतल, नाइट्रोसन १ सय ४० गोटी, पास्मोप्रोक्सिभन १ हजार २ सय ८, लुपिजेसिक २ सय ६ थान, डाइजेलाव २ सय ६ थान, एभिल १ सय ६५ थान बरामद गनुका साथै लागुऔषध प्रयोग गर्ने गरेको एक मोटरसाइकल र एक स्कुटिसमेत बरामद गरेको छ । पक्राउ परेका ३१ जना विरुद्ध सोमबार लागुऔषध कारोबार ऐन अन्तरर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले बताए । रातो पार्टी
No comments:
Post a Comment