/ , , / किन एक्कासी राकियो ओलीको सम्बोधन

किन एक्कासी राकियो ओलीको सम्बोधन

काठमाण्डु, २४ कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन नगर्ने भएका छन् ।प्रधानमन्त्रीमा निर्वा्चित भएको एक महिना पुगेकै दिन ओलीले आज संविधान जारी भएसँगै मुलुकमा उत्पन्न असहज अवस्था र भारतीय नाकाबन्दीलगायत विषयबारे सम्बोधनमार्फत सरकारको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको थियो ।एमाले अध्यक्ष ओली गत २४ असोजमा एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, नेमकिपा र राष्ट्रिय जनमोर्चासहित साना दलको समर्थनमा प्रधानमन्त्री निर्वा्चित भएका थिए ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओलीले यसै साताभित्र देशबासीका नाममा सम्बोधन गर्ने भए पनि आज भने नहुने जानकारी दिए ।‘आज सम्बोधन हुँदैन’, दाहालले काठमाण्डु टुडेसँग भने, ‘यही साता गर्ने भनिएको हो, तयारी हुँदैछ ।’राप्रपा नेपालका दुई राज्य र दुई सहायकमन्त्रीलाई सपथ खुवाएपछि सोमबार संक्षिप्त सम्बोधन गर्दै ओलीले मंगलबार आफूले देशबासीका नाममा सम्बोधन गर्ने बताएका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment