/ , / सुरक्षा रणनिति बारे बिषेश छलफल गृहमन्त्री महोत्तरीमा

सुरक्षा रणनिति बारे बिषेश छलफल गृहमन्त्री महोत्तरीमा

 महोत्तरी, १३ मंसिर – गृहमन्त्री शक्ति बस्नेत तराइका केही जिल्लाका तीन वटै सुरक्षा अंगका प्रमुखसँग आकस्मिक बैठक गर्न महोत्तरी आइपुगेका छन् ।तराई मधेस आन्दोलनका कारण सरकारले राजमार्गमा सेना खटाउने तयारी गरिरहेको चर्चा भइरहेका बेला गृहमन्त्री बस्नेत आन्दोलन र राजमार्गको सुरक्षाको बारेमा जानकारी लिन महोत्तरी आएका हुन् ।महोत्तरीको बर्दिवास स्थित सशस्त्र प्रहरीको छिन्नमस्ता गणमा बस्ने बैठकमा धनुषादेखि पर्सासम्मका तीनटै सुरक्षा निकायका प्रमुख तथा सिडिओहरुलाई बोलाइएको छ ।मधेश आन्दोलनको क्रममा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा देखिएको सडक सुरक्षा तथा आन्दोलनको असरबारे बैठकमा छलफल हुने बताइएको छ ।यसअघि सरकारले एकीकृत विशेष सुरक्षा योजना लागु गर्न राजमार्ग क्षेत्र पर्ने जिल्लाहरुलाई तीन थरी वर्गीकरण गरेको थियो ।तर मोर्चाको लामो समयदेखिको आन्दोलनका कारण राजमार्ग लगातार अवरुद्ध भएपछि छ वटा जिल्लालाई अति संवेदनशिलको सूचीमा राखिएको छ ।छ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख तथा राष्ट्रिय अनुसन्धानका जिल्ला स्थित प्रमुखहरु बैठकमा सहभागी भएका छन् ।सीमा नाका र राजमार्गमा मात्र आन्दोलन केन्द्रित गरेको मधेसी मोर्चाको आन्दोलन पछिल्लो समय अराजक राजमार्ग अवरोध गर्ने र तोडफोड तथा आगजनी गर्न थालेपछि सरकाले एक साता अघि मात्र नयाँ सुरक्षा योजना अघि सारेको थियो ।शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा मोर्चाका कार्यकर्ताबट प्रहरी चौकीसमेत असुरक्षित हुन थालेपछि सरकारले नयाँ सुरक्षा रणनीति लागू गरेको थियो ।यसअघि दुईपटक बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सेना परिचालनको खाकाको बारेमा बिस्तृत छलफल भएको थियो ।बैठकमा एकै पटक सेना खटाउँदा अनावश्यक विवाद हुन सक्ने निष्कर्ष निकाल्दै एकीकृत रणनीति कार्यान्वयनमा ल्याई छोटो अवधिका लागि गृहमातहतका सुरक्षा संगठनलाई परिचालन गर्नुपर्ने सुरक्षा प्रमुखहरुले निर्णय गरेका थिए ।पहिलो चरणमा आन्दोलन नियन्त्रणमा नआए सरकारले रणनीति तयार पारेपछि मात्र सेना परिचालन गर्ने सुरक्षा प्रमुखहरु निष्कर्ष थियो ।अघिल्लो साता बसेको सुरक्षापरिषद बैठकमा नयाँ सुरक्षा रणनीतिअनुसार पहिलो चरणमा गृह मन्त्रालयमातहतका तीनैवटा सुरक्षा निकायलाई संयुक्त रुपमा परिचालन गरिने र त्यसको प्रभावका आधारमा दोस्रो चरणमा सेनाको सहयोग लिनेबारे छलफल भएको स्रोतले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment