
आएको छ। वर्तमान आन्दोलनको १०० दिन बितिसक्दा र ऐतिहासिक ऊँचाई हासिल गरिसक्दा पनि कुनै निकासको संकेत समेत नदेखिनु तथा उल्टा निर्दोष मधेशी जनतामाथि सेना र सशसस्त्र प्रहरी लगाएर व्यापक दमन गरी मधेशीलाई नै पूर्ण रुपले समाप्त पार्ने नेपाली शासकहरुको कुचेष्टा देखिनु यसको थप प्रमाण हो।’ गठबन्धनले नेपाल सरकारले मधेशमा दमन जारी राखे चुप लागेर नबस्ने भन्दै,‘ नेपाल सरकारद्वारा वर्तमान मधेश आन्दोलनको उपयुक्त निकास न दिएमा, मधेशी जनताको माग सम्बोधन न गरेमा, र मधेशी जनतामाथि सेना परिचालन गरेर दमन जारी राखेमा तथा मधेशलाई दीर्घकालीन जातीय द्वन्द्व र हिंसा तिर धकेल्ने षड्यन्त्र गरेमा गठबन्धन अब चूप लागेर नबस्ने कुरा जानकारी गराउन चाहन्छ।’ उल्लेख गरेको छ । यता गठबन्धनले मंसिर १० गते रंगभेदी दिवस मनाउने भन्दै,‘ त्यसका साथ९साथै, २०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ४०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यही मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै रंगभेदी गिरफ्तारीको वार्षिकीु मनाउने निर्णय गरेको छ। सो कार्यक्रमलाई भव्य सफल बनाउनका लागि स्वतन्त्र मधेश गठबन्धन सम्पूर्ण मधेशी जनता, पार्टी, नेता र कार्यकर्ताहरुलाई अनुरोध गर्न चाहन्छ।’विज्ञप्तिमा उल्लेख गरेको छ ।
No comments:
Post a Comment