रामनारायण पंडित सिरहा, १४ मंसिर ।
लामो समयदेखि तराई मधेशमा जारी रहेको आन्दोलनमा राज्य पक्षबाट हनन् भएको मानबअधिकारकर्मीहरुले ठहर गरेका छन् । तराई मधेसमा जारी आन्दोलनले १ सय दिन भन्दा बढी परा गरी सकेका छन् । आन्दोलनको अवधीमा व्यक्तिले बाच्न पाउने, अभिव्यक्तिको स्वतन्त्रता सहित मानव अधिकारको संरक्षण र परिपूरण गर्ने दायित्व बोकेको राज्य पक्षबाट नै हनन् भइरहेको विभिन्न घटनाक्रमहरुले पुष्टि गरेको सिरहाका अधिकारकर्मीहरुको ठहर रहेको छ । २०७२ मंसिर ५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लहान (सिरहा) का कार्यकर्ताहरुका लागि लहान नगरपालिका १ स्थित श्याम चलचित्र मन्दिर परिसरमा संचालन गरिएको मेस इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक हरि ओझा र उनको नेतृत्वको प्रहरी टोलीले तोडफोड गरेको खानेकुरामा बालुवा हालेको, पाकेको खाना घोप्टाएको र पिसाब सम्म फेरिदिएको मोर्चाले आरोप लगाएपछि २०७२ मंसिर ०६ गते विहान अधिकारकर्मीहरुले स्थलगत अनुगमन गर्दा प्रहरीले खानेकुरा पोखाइ दिएको, बालुवा हालेको, थुकेको र भाडाबर्तन तोडफोड गरेको पाइएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाको भोलिपल्ट मसिंर ६ गते विहान करिब ११ बजे इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजबंशी प्रहरी नायब उपरीक्षक राम केसीले भेट्न बोलाउनुभएको छ भन्दै लहानको २ नम्बर सडकबाट मोर्चाका लहान संयोजक कृष्ण बहादुर यादवलाई विशाल होटेल अगाडि पुर्याएर प्रहरी नायब उपरीक्षक केसीको अगाडि प्रहरी निरीक्षक हरि ओझाले ‘मोदीका छोरा आन्दोलन गर्छस् निधारमा गोली ठोकी दिन्छु’ भन्दै गाली गलौज सहित कमाण्डरको आदेश समेत उल्लंघन गर्दै निर्मम ढंगले आफै पनि कुटपिट गरेको र प्रहरी जवानबाट समेत कुटपिट गराइएकाले प्रहरीको उक्त कदमको निन्दा गर्दै सम्यम हुन र विश्वव्यापी मानवअधिकारको न्यूनतम मापदण्डलाई पालना गर्न आग्रह गर्दछौ । साथै उक्त घटनाको छानविन गरी दोसीमाथि कार्वाही गर्न सम्बन्धित निकायसंग विज्ञप्ती मार्फत माग गरिएको छ । साथै लम्बिदो मधेस आन्दोलनले जनजीवन कष्टकर बनी मूलुक नै ठप्प भएको अवस्थामा उत्तेजित अभिव्यक्ति दिनुभन्दा राज्य पक्ष गम्भिर भइ बार्ता मार्फत् दिगो निकासको लागि विज्ञप्ती जारी गर्दै आग्रह गरिएको छ । मानवअधिकार संरक्षण केन्द्र सिरहा, समग्र जनउत्थान केन्द्र सिरहा, दलित जनकल्याण युवा क्लव लहान, समग्र विकास सेवा केन्द्र, लहान,अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिरहा, महिला मानवअधिकार रक्षक सञ्जाल, सिरहा, सहयोगी हातहरु, सिरहा, मुक्ति नेपाल, सिरहा, ओरेक नेपाल, सिरहा, मानवअधिकार संरक्षण मञ्च, सिरहा, तराई मानवअधिकार रक्षक संजाल थर्ड एलाइन्स, सिरहा, मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल सिरहा सिरहाले संयुक्त रुपमा विज्ञप्ती जारी गरि जनाएको छ ।
No comments:
Post a Comment