सिरहाको फूलबरीया–४ कमलदहमा लागेको मेलामा २४ सै घण्डा जुवातास खेलेपनि सम्वन्धित निकायको ध्यान जान सकसकेको स्थानिय बुद्धिजीवीहरुको गुनासो रहेको छ । कात्र्तिकको हरिवोधनी एकादशीदेखि पूर्णीमासम्म लाग्ने मेलामा दिनहुँ जुवा र तास खेलेर स्थानीय वातावरण विगारेको बुद्धीजिवीहरुको भनाई रहेको छ ।
यस मेलामा भारत विहारदेखि विराटनगर, जनकपुर, कटारी, लहान, गाईघाट लगाएतका स्थानबाट जुवाडेहरु भेलाभएर जुवा खेल्नेगरेको स्थानीय रामउद्गार महतोले जानकारी दिनुभयो । जुवाको सयभन्दा बढी खालहरु बनाई खेलीने जुवा–तासमा एकैदिनमा करोडौं रुपैयाँको कारोवार हुने गरेको महतोले जानकारी दिनुभयो । तास, जुवा, कौडा लागाएतका खेलहरु भईरहेको स्थानीयको भनाई रहेको छ ।
file photo |
No comments:
Post a Comment