नियमित गस्तीमा गएको गस्ती टोलीलाई देख्ने बित्तिकै अँध्यारोको फाइदा उठाउँदै गाँजा बोक्ने भरिया फरार भएकाले गाँजा मात्र बरामद गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक निरौलाका अनुसार बरामद दुई वटा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा प्रहरी कार्यालयमा ल्याइएको छ । बरामद गरिएको गाँजा अदालती मुद्दा प्रकृयामा लगेर नष्ट गरिने प्रहरीले जनाएको छ ।
पछिल्लो छ महिना यता गोलबजार प्रहरीले आफ्नो कार्यक्षेत्र अन्तर्गतका विभिन्न ठाउँबाट करिब दुई सय किलोग्राम गाँजा पक्राउ गरी नष्ट गरिएको प्रहरी निरीक्षक निरौलाले उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रको नाकामा प्रहरीले कडाई गरेपछि गाँजा तस्करहरुले सिरहाको बलान, गागन, घुर्मी र कमला नदीको प्रभाव क्षेत्रलाई तस्करीको नाकाको रुपमा प्रयोग गर्दै आईरहेको बताइन्छ ।
No comments:
Post a Comment