/ , / नेपाल भारत सीमा २४ घण्टालाई बन्द

नेपाल भारत सीमा २४ घण्टालाई बन्द


१५ कात्तिक, बिरगंज । भारतको बिहार राज्यमा आज हुने विधानसभा निर्वाचनका कारण रौतहट, सर्लाही, बारा र पर्साका सिमा २४ घण्टाका लागी बन्द भएको छ ।पाँच चरणको चुनाव अन्तर्गत आज हुने चौथो चरणको निर्वाचनमा बिहारको ७ जिल्लामा आज मतदान हुनेछ । भारतको पश्चीमी चम्पारण, पूर्वी चम्पारण, शिवहर, सितामढी, सिवान, गोपालगंज र मुजफ्फरपुरमा हुने चुनावलाई मध्यनजर गर्दै भारतीय पक्षले सिमा बन्द गरेको हो ।निर्वाचन सुरक्षाका कारण अन्तराष्ट्रिय सिमाना २४ घण्टाका लागी बन्द भएको सितामढी (बिहार) का बिडिओ आशुतोष आनन्दले बताए ।भारतीय पक्षले विधानसभा चुनावका कारण सिमाक्षेत्र बाट समस्या पर्न सक्ने भन्दै नेपाली प्रशासन सँग पनि छलफल गरी सहयोग माँगेको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बराल ले बताए । भारतीय पक्षका आईजिपी र बिडियो आशुतोष आनन्द सहितको टोलीले शनिवार साँझ ५ बजे बाट आईतवार साँझ ५ बजे सम्म २४ घण्टाका लागी भारतीय नाका बन्द गर्ने बताएका थिए ।’ निर्वाचन सम्पन्न भए पछि भारतीय पक्षले आइतवार साँझ बाट नै सिमाना पुनः सुचारु गर्नेछ । भारतीय सिमामा रहेका एसएसबीका जवानहरुले आवतजावत पुरै रोकेका कारण आज सिमाक्षेत्र सुनसान बनेको छ ।चौथो चरण अन्तर्गत बिहारको ७ जिल्लाका ५५ सिटमा आज ७७६ उम्मेदवारी दिएका छन । ७१९ पुरुष र ५७ महिला उम्मेदवार रहेको निर्वाचनमा १ करोड ४७ लाख ३९ हजार १२० मतदाताले आज भोट हाल्नेछन ।रौतहट जिल्लाको २६ किलोमिटर भूभाग सँगै सर्लाही, बारा र पर्साका सिमाहरु पनि आज साँझ सम्म बन्द भएका हुन ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment