वास्तवमा मधेसी मोर्चाले उठाएका माग पुरा भयो भने वास्तविक मधेशी जनताको दु्र्भाग्य हुने छ । भारतबाट नेपाल आई मधेशी जनताको लागि भनेर जुन आन्दोलन गरिएको छ त्यो मधेसबासीको हितका लागि नभएर भारतबाट भित्रिएका नेता भनाउँदाहरूले मधेसबासी सोझासिधा जनतामाथि शासन गरी आफु पदमा रहि मस्ती गर्ने चाल हो जुन कुरा मधेसका सोझा जनतालाई थाहा नै भएको छैन ।
जति पनि आन्दोलनमा भएका नेताहरू छन् इतिहास हेर्नुस लामो समयसम्म तिनीहरू सत्ता शासनमा नै थिएनन् र ? मधेसी जनताले के पाए ? विगतमा गएका विकासका बजेटहरू वास्तविक काममा नलगाई बाडेर खान पल्काउने तिनै नेताका पिछलंगुहरू हुन । सुन्नुस वास्तविक कुरा हामी अहिल्यै त महंगाईको मार खप्न सकिराखेका छैनों भने भोली प्रदेश चलाउनको लागि चाहिने कर हामीबाट नै उठाइने छ, किनकी ती नेता नै प्रादेशिक मन्त्री, मुख्य मन्त्री बन्ने हुन, सुविधा त चाहियो नेतालाई, झन शक्ति पाएपछि के यिनले जनतालाई हेर्लान ? अहिले त रोजीरोटी गरेको रकम पुरै घर लग्न पाइएको छ रोजी गर्नेहरूले । भोली प्रदेशको सरकार चलाउन रोजीको रकमबाट पनि कर तिर्नु पर्नेछ हामीले, नत्र सरकार चलाउन कहाबाट पैसा आउने छ त ? नेताको पछि लाग्दा हामीलाई घाटा भईरहेको हामीलाई पत्तै छैन ।
जब हामीलाई थाहा हुनेछ निकै ढिलो भैसकेको हुनेछ । यस्ता सीधासाधा जनताको नाममा राजनीति गर्नेहरूदेखि हामी सचेत हुनुपर्छ । हामी कतिलाई तराई मधेश भारतमा मिसाई दिए झन राम्रो हुन्छ भन्ने लागेको होला । इतिहास हेर्नुपर्छ, भारतले हाम्रो मधेस हामीलाई सुविधा दिन भारतमा मिसाउन खोजेको होइन । हाम्रो प्राकृतिक सम्पदा नदीनाला देखेर हो । जसबाट उसले भरपुर फाइदा उठाउन सक्छ ।
कश्मीरलाई हेरौं त्यहाको सौन्दर्यताका कारण पर्यटनबाट भएको आम्दानी त्यहाँको जनताले उपभोग गर्न पाएका छैनन् । बास्तविक त्यहाको जनतालाई त पाकिस्तानलाई समर्थन गर्यो भनेर बसिखान दिएको छैन । यसरी हामीलाई भारतमा बन्धकी राख्न मौन रूपमा ठूलो भुमिका खेल्ने डा. बाबुराम भट्टराई लगायत आन्दोलनमा सक्रिय भुमिका खेल्दै रहेको नेताहरूको पछि नलागौ । हामी मधेसबासीहरूको बुद्धि चाडै आवस्, हे धरती माँ ।
एस के शर्मा
No comments:
Post a Comment