काठमाडौँ, असोज ८ । नेपालमा आन्दोलन चर्कीरहेको कारण देखाउँदै भारतीय आयल कर्परेसनले नेपाललाई तेल दिन बन्द गरेको छ ।
यसअघि जसरी नेपाली ट्यांकरमा बिक्री गर्ने पेट्रोलियम पदार्थ लोड गरिन्थ्यो त्यो तरिका थाहा नै नभए जसरी भारतले नेपाली ट्याकंरलाई तेल भर्न रोकेर प्राविधिक कारण भनेको छ ।
नेपाली ट्यांकरलाई भारतबाट तेल ल्याइने आईओसीका रक्सौल, सिलगुढी, बैतालपुर लगायतका डिपोले नेपाली ट्यांकरलाई तेलदिन रोक लगाएका हुन् ।
बिहिबार सम्म नेपालमा तेल आपुर्ती भयरहेको जनाएको नेपाल आयल निगमले शुक्रबार कुनै प्रतिक्रिया भने जनाएको छैन । स्रोतका अनुसार आईओसीका केही डिपोले अनौपचारिकरुपमा भारतको स्थानीय प्रशासनको निर्देशनमा तेल भर्न रोकिएको हो ।
No comments:
Post a Comment