/ , / नेपाल वार एसोसिएसनले संबिधान जलाए,मोर्चाद्वारा नाकाबन्दी

नेपाल वार एसोसिएसनले संबिधान जलाए,मोर्चाद्वारा नाकाबन्दी

----
रंजन भण्डारी
जलेश्वर,आश्विन ७ गते ।
महोत्तरी सदरमुकाम जलेश्वरमा नेपाल वार एसोसिएसन महोत्तरीले नेपालको संबिधान २०७२ जलाएको छ ।
मधेश आन्दोलनको पुर्वनै समर्थन गरिसकेका नेपाल वार एसोसिएसन महोत्तरी इकाईले मधेशले अधिकार प्राप्त नगरेसम्म मधेश र मधेशीको हकको लागी आवाज उठाइरहने जनाउदै विहिवार जुलुस निकालेका थिए । वारको कार्यालयबाट निकालिएको सो जुलुस निषेधित क्षेत्रको अवज्ञा गर्दै नेपाल वार एसोसिएसन महोत्तरी इकाईका अध्यक्ष विजय ठाकुरको अगुवाईमा निस्केको सो जुलुस दुर्गाचौक हुदै बुद्धिजिवी चौकमा आई संबिधान जलाएको थियो । वार को केन्द्रिय कार्यालयले संबिधानको स्वागत गर्ने निर्णय गरेकोमा समेत सो् प्रति असन्तुष्टी जनाउदै पुनः त्यसतै निर्णय दोहोरिए वारको अधिनमा रहन हामि विवश नरहेको महोत्तरी वार एसोसिएसनले जनाएको छ । साथै महोत्तरी वारले वैवाहिक अंगिकृत महिलाको हकमा संबैधानिक निकायमा पहुच हुने व्यवस्था राख्नुपर्ने मांग समेत गरेको छ ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भिठामोड नाका बन्द गरेको छ । मोर्चाको सयौ कार्यकर्ताले भारतबाट कुनैपनि मालबाहक सवारी नेपाल भित्रिन नदिने भन्दै मोर्चा र भिठामोडको स्थानियले समेत नाकाबन्दी गरेको हो । महोत्तरीको विभिन्न ठाउमा मोर्चा एवं स्थानियहरुले दैनिकरुपमा मोटरसाईकल जुलुस,सिटी जुलुस,पुतला दहन,जनसभा लगायतका माध्यमबाट संबिधानको बिरोध गर्दै आएका छन । सोहि क्रममा जलेश्वरमा समेत मोर्चाद्वारा मोटरसाईकल जुलुस समेत निकालिएको थियो । यता भारतिय सिमानाको सुरक्षा व्यवस्था आजपनि कडा नै रहेको र मोटरसाईकल आवत जावतमा भारतिय एसएसविले रोक लगाउदै आएको छ भने । प्रसासनले राती कफर्र््युको मौकामा मालवाहक ट्रकहरु पास गराउदै आएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment