/ / सिद्धान्तमा आधारित भई संविधान बनेको छैन ः अनिल झा

सिद्धान्तमा आधारित भई संविधान बनेको छैन ः अनिल झा

महोत्तरी, ९ असोज । नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले सिद्धान्त बिना निर्माण भएको संविधान मधेशीलाई मान्य नरहेको जिकिर गरेका छन् । महोत्तरी मूल नाका भिठामोडमा धर्ना बसेका झाले मधेशको माग सम्बोधन गर्ने इच्छाअसोज १५ गते संविधान संशोधनको लागि नभई सरकार बनाउन संसदको बैठक बोलाइएको बताउनुभएको छ ।उहाँले मधेशको माँग सम्बोधनको लागि संसदको बैठक बस्ने हल्ला चलिरहेको बेला संविधान संशोधनको लागि भएको भए छिटो अर्थात ढिलो नगरी आजै संसदको बैठक बोलाउनुपर्नेमा नेपालका तिनदलिय सिन्डिकेटले त्यसो नगरी सरकार बनाउन संसदको बैठक बोलाएको दावी गर्नुभयो ।
महोत्तरी जिल्लाको मुख्य सिमानाका भिठामोडनाकामा धर्ना दिनुहुदै पत्रकारहरुसंगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भारतको सहयोगमा नाकावन्दी भइरहेको काठमाण्डौंको वुझाई गलत रहेको स्पष्ट गर्नुभयो । उहाँले मधेशको माँग पुरा गराउन सिमानाका ठप्प पारिएको बताउनुहुदै भारतसंगको रोजीरोटीको सम्बन्धले गर्दा केही आफन्त, इष्टमित्रहरुले सहयोग गरिरहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सिमानाका ठप्प गर्नुमा भारतको हात रहेको भन्नु एकदमै गलत र भत्सर्नायोग्य छ, म यसको भत्सर्ना गर्छु ।’
भाईभाई बीच झगडा हुदाँ वा घरमा झगडा हुँदा त्यसलाई मत्थर बनाउन वा सहमतिको लागि पहल छिमेकीले गरे झै भारतले गरिरहेको उहाँको कथन थियो ।
राष्ट्रिय अध्यक्ष झाले सिमांकन, प्रदेशको अधिकारको सुनिश्चितता, प्रतिनिधित्व, नागरिकता, न्यायालय र सुरक्षानिकायको विषयमा आफुहरु असन्तुष्ट रहेको स्पष्ट गर्नुहुदै मेचीदेखि महाकालीसम्म तथा भारतीय वोर्डरदेखि चुरेसम्मको क्षेत्र आफुहरुले कुनै पनि हालतमा नछोडने दावी गर्नुभयो । त्यस्तै उदयपुर, दाङ्ग, मकवानपुर, चितवन लगायतका आधा भाग पनि लिने उहाँको कथन थियो ।
Advertisement
उहाँले सिमानाकामा आन्दोलन सरेपछि सरकारलाई अहिले राहत भएको देखिएको वताउनुहुदै भन्नुभयो, ‘आन्दोलन सिमानाकामा सरेपछि सरकारलाई लागिरहेको छ की मधेशको आन्दोलन शिथिल भयो, तर यही आन्दोलन नै निर्णायक हुनेछ ।’ उहाँले अहिले केही समय अझै डटेर लाग्नुपर्ने नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।
सरकारले मधेशवादीदलको एजेण्डा नै नभएको हल्ला फैलाएको वताउनुहुदै उहाँले २६ वर्षदेखि हामीले एउटै एजेण्डा उठाएपनि नसुन्ने सरकार ‘भुसकौल’ (अशिक्षित) रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘पढेपछि २४ वर्षमै पिएचडी सकिन्छ, तर हामीले २६ वर्षदेखि उठाएको माँगलाई थाहा नभएको भन्नु सरकार भुसकौल हो ।’
सरकार वा राज्यले समयमै नचेत्ने हो भने भयावह स्थिती आउन सक्ने संकेत गर्नुभए पनि यस विषयमा उहाँले प्रष्टयाउनुभएन ।
तिन दिनदेखि महोत्तरीको तिनवटा नाकामा मधेशी संयुक्त मोर्चाका कार्यकर्ताहरुले सिमानाका ठप्प पारेका छन् । भिठामोड नाकाबाट मात्रै दैनिक २० लाख राजश्व असुल हुने गरेको भन्सारका कर्मचारीहरुले वताएका छन् । सिमानाका ठप्प भएपछि भारतीय सुरक्षाकर्मीले पनि आवाजाहीलाई कडा बनाएका छन् । अनिल झा भिठामोड आएका बेला महेन्द्र प्रसाद यादवले मटिहानी र पछि भिठामोड समेत निरिक्षण गरेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment