जलेश्वर,आश्विन ११ गते । सत्तापक्षले मधेशीको आन्दोलन मुद्दा विहिन रहेको र सरकारले संबिधानमै सवै मांग समेटिसकेको भनिरहेको बेला तराई मधेश राष्ट्रिय अभियानका राष्ट्रिय अध्यक्ष जय प्रकाश गुप्ताले मधेशीको कुन कुन मांग सम्बोधन गरेको हो सो मधेशी जनतामै आएर भन्न चेतावनी दिएका छन ।
गुप्ताले महोत्तरीको भिठामोड नाका पुगेर अवलोकन गर्दै आन्दोलनमा ऐक्यबद्धता समेत जनाएका थिए ।
महोत्तरी सदरमुकाम जलेश्वरमा भाद्र २३ र २५ गते प्रहरीको गोली लागि मृत्यु भएकाहरुको स्मरणमा जलेश्वरको बुद्धिजिवीचोकमा आयोजित श्रद्धान्जलीसभामा गुप्ताले सो भनेका हुन । विगत ४४ दिन देखि मधेशमा भैरहेको आन्दोलन र सो मा निहत्था मधेशी जनताको विभत्स हत्या हुदा समेत सो न देखेका सरकारले २ दिन नाकाबन्दी हुदा केहि वर्ग विशेषलाइ खाद्यान्न र पेट्रोल पुगेन भनेर चिन्तित सरकारलाई गुप्ताले सो चेतावनी दिएका हुन ।
सदैव मधेशीलाई दास सम्झेको केहि वर्गविशेषले मधेशीको विगत ४४ दिन देखिको भोक नदेख्नु तर २ दिन काठमार्डौको जनतालाई पेट्रोल पुगेन भन्दै दिल्ली धाएको देख्दा आफुलाई अच्चम नलागेको बताउदै गुप्ताले अबको लडाई वार कि पारको हुने समेत बताएका छन । गुप्ताले अबको सात दिन अझ नाकाबन्दी गरे खसवादीले बल्ल मधेशीले भोगेको भोक र पिडा बुझ्ने र आन्दोलनले आफ्नो उदेश्य प्राप्त गर्न सहज हुने बताए । सरकारले मधेशीको मांग के हो भन्ने थाहा नभएको बताउने सरकारले थाहा नै नभएको मांग कसरी संबिधानमा लेखिसकेको हो भन्ने प्रतिप्रश्न गरेका छन ।गुप्ताले महोत्तरीको भिठामोड नाका पुगेर अवलोकन गर्दै आन्दोलनमा ऐक्यबद्धता समेत जनाएका थिए ।
No comments:
Post a Comment